2 years ago
February 25, 2024
चितवन (हाम्रो खेलकुद)– एक्सपर्ट भरतपुर मेयर्स कप अन्तरविद्यालय क्रिकेट प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । आइतबार भएको समूह ‘ए’ खेलमा वाल्मिकीले लगातार जित निकालेसंगै सेमिफाइनल समीकरण पूरा भएको हो ।
वाल्मिकी शिक्षा सदनले अंकुरम एकेडेमीलाई पराजित गरेसँगै समूहको विजेता र उपविजेता टुंगो लागेको हो । यो समूहबाट वाल्मिकी ४ खेलबाट शतप्रतिशत जितका साथ ८ अंक जोड्दै समूह विजेताको बनेको हो । नारायणी नमुना मावि ४ खेलमा ३ जितका साथ ६ अंक बटुल्दै समूहको उपविजेताको रुपमा अन्तिम चारमा पुगेको हो ।
आजको दोस्रो खेलमा वाल्मिीले अंकुरम एकेडेमीलाई ५४ रनले हराउँदै अपराजित यात्रा कायम गर्यो । पहिले व्याटिङ गरेको वाल्मिकी ७ विकेटको क्षतिमा १ सय ५० रन जोड्यो । टोलीका लागि आदर्श ढकालले ५२ बलमा ६२ रन बनाए ।
यमन कँडेलले २९ बलमा ४० रन बनाए । अंकुरमका लागि मनोज सापकोटाले ४ ओभरमा ४० रन खर्चिदै २ विकेट र इन्सिप पौडेलले ४ ओभरमा २० रन खर्चिदै २ विकेट लिए ।
१ सय ५१ रनको लक्ष्य पछ्याएको अंकुरम ९६ रनमै समेटियो । वाल्मिकीका अभेन्जल थापाले ४ ओभरमा एक मेडनसहित १९ रन खर्चिएर ३ विकेट लिए । खेलमा वाल्मिकीका आदर्श ढकाल प्लेयर अफ दि म्याच घोषित भए ।
त्यसअघि पहिलो खेलमा सनराइज इङलिस स्कुलले प्रभात माविलाई ५४ रनले पराजित गर्दै समूह ‘बी’को उपविजेताको रुपमा सेमिफाइनल यात्रा तय गर्यो । पहिले व्याटिङ गरेको सनराइज १९.३ ओभरमा १ सय २ रनमा अलआउट भयो । टोलीका मन्दिप यादवले १७ र आदित्य सिंहले १३ रन बनाए ।
प्रभात माविका लागि सन्देश वि.क.ले २ ओभरमा १८ रन खर्चिदै २ र अविनाश सापकोटाले ४ ओभरमा २१ रन खर्चिदै २ विकेट लिए । १ सय ३ रनको विजय लक्ष्य पछ्याएको प्रभात मावि १३.३ ओभरमा ४८ रनमै अलआउट भयो ।
प्रभातका सुन्दर चापागाईले सर्वाधिक ६ रन बनाए । सनराइजका लागि अश्रय कंडेलले २ ओभरमा ७ रन खर्चिदै ४ र उज्वल पटेलले ३ ओभरमा ७ रन खर्चिदै २ विकेट लिए । खेलमा सनराइजका अश्रय कंडेल प्लेयर अफ दि म्याच घोषित भए ।
यस समूह ‘बी’बाट अर्किड स्कुल ४ खेलमा ८ अंकका साथ समूह विजेताको रुपमा यसअघि नै स्थान सुरक्षित गरि सकेको थियो । प्रतियोगिताको पहिलो सेमिफाइनल वाल्मिकी र सनराइज तथा अर्को सेमिफाइनल अर्किड स्कुल र नारायणी नमुनाबीच हुनेछ । सेमिफाइनल फागुन १६ गते हुनेछ ।
भरतपुर महानगरपालिकाको आयोजना, चितवन जिल्ला क्रिकेट संघको सह–आयोजना र एक्सपर्ट एजुकेशन एन्ड भिजा सर्भिसेज चितवनको मुख्य प्रायोजनमा प्रतियोगिता संचालन भइरहेको प्रतियोगितामा कुल २० विद्यालयको सहभागिता रहेको थियो ।
जसमध्ये १० टोली लिग चरणमा प्रवेश गरेको थियो भने १० टोली नकआउट चरणबाटै बाहिरिएको थियो । प्रतियोगिताको फाइनल खेल फागुन १९ गते शनिबार हुनेछ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]