default_image

5 months ago

February 26, 2024

इङ्ल्यान्डविरुद्धको टेस्ट श्रृखंलामा भारतको कब्जा

504 views

0 Bookmark

एजेन्सी – भारतले इङ्ल्यान्डलाई चौथो टेस्टमा सोमबार ५ विकेटले हराएपछि ५ टेस्टको श्रृखंगला जितेको छ । पाँचौं तथा अन्तिम टेस्ट अघि नै घरेलु टोली भारतले श्रृखंलामा ३–१ को अग्रता बनाएको छ ।

राचीमा दोस्रो इनिङमा जितका लागि १ सय ९२ रनको लक्ष्य पछ्याएको भारतले एक दिनको खेल बाँकी रहँदा नै ५ विकेटको क्षेतीमा पूरा गरेको थियो । विना विकेटको क्षती ४० रनबाट भारतले चौथो दिनको खेलको सुरुवात गरेको थियो ।

कप्तान रोहित शर्मा अर्धशतक र अर्का ओपनर यशस्वी जैसवालले ३७ रन जोडेका थिए । शुभमन गिलले अर्धशतकमा र ध्रुब जुरेल ३९ रनमा नटआउट गरे । रोहित ५५ रन बनाएर आउट भए । गिल ५२ रन जोड्दा टोलीले जित निकाल्यो । रजत पाटिदार र सरफराज खान खाता नखोल्दै आउट भए भने रविन्द्र जडेजाले ४ रन जोडे । ध्रुब खेलको म्यान अफ दी म्याच चुनिए ।

इङ्ल्यान्डका सोहेब बसिरले लन्चपछि दुई विकेट लिएपछि भारतको ५ विकेटको क्षतीमा लक्ष्यमा पुग्न ७२ रन जोड्नु पर्ने थियो । शुभमन र जुरेलले छैटौं विकेटका लागि ७२ रनको नटआउट साझेदारी गरेपछि जित सहज भएको थियो ।

त्यसअघि टोलीले १६ रन जोड्दा ३ विकेट गुमाएको थियो । इङ्ल्यान्डले पहिलो इनिङ्समा ३ सय ५३ र दोस्रो इनिङ्समा १ सय ४५ रन बनाएको थियो । भारतले पहिलो इनिङ्समा ३ सय ७ रन बनाएको थियो । अन्तिम टेस्ट धर्मशालामा मार्च ७ बाट सुरु हुनेछ ।

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.