12 months ago
February 26, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले टि२० त्रिकोणात्मक सिरिजको पहिलो खेलमा मंगलबार नामिबियाको सामना गर्दैछ । खेल नेपाली समयअनुसार विहान ११:३० बजे टियु क्रिकेट मैदानमा सुरु हुनेछ ।
आइसीसी क्रिकेट विश्वकप लिग-२ को समापनपछि नेपाल, नामिबिया र नेदरल्यान्ड्सले टि२० सिरिजमा प्रतिस्पर्धा गर्न लागेका हुन् । नेपालले जुनमा हुने टि२० विश्वकपको लामो तयारीको सुरुवातको रुपमा यो सिरिजलाई लिएको छ । नामिबिया र नेदरल्यान्ड्स पनि विश्वकप खेल्दैछन् । नेपाल र नेदरल्यान्ड्स एकै समूहमा छन् ।
नेपालले विश्वकप लिग-२ खेलेको टोलीमा केही परिवर्तन गर्दै यस सिरिजका लागि १८ सदस्यीय टोली घोषणा गरिसकेको छ । ओडीआई टोलीका देव खनाल, भीम सार्की, सूर्य तामाङ र पवन सर्राफ टि२०आई टोलीमा छैनन् । प्रतिश जिसी, सन्दीप जोरा, विनोद भण्डारी, विवेक यादव, राशीद खान, सागर ढकाल र अभिनाश बोहोरा टोलीमा थपिएका छन् ।
नामिबियाले भने एकदिवसीय खेलेको टोलीलाई नै निरन्तरता दिनेछ । नेदरल्यान्ड्सले ओडीआई टोलीमा परिवर्तन गरेको छ । बास डे लिड र ओलिभर एलेन्बासको स्थानमा फ्रेड क्लासेन र टिम भान डर गुग्टेन टोलीमा थपिएका छन् ।
नेपालको टोली : रोहित पौडेल, आसिफ शेख, अनिल शाह, कुशल भुर्तेल, कुशल मल्ल, आरिफ शेख, दीपेन्द्र सिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, ललित राजवंशी, प्रतिश जिसी, सन्दीप जोरा, विनोद भण्डारी, विवेक यादव, राशीद खान, सागर ढकाल र अभिनाश बोहोरा
नेदरल्यान्ड्स टोली :
म्याक्स ओ’डाउड, विक्रमजित सिंह, नोआह क्रोस, शारिज अहमद, आर्यन दत्त, तेजा निदमानुरु, स्कट एडवार्डस (कप्तान), माइकल लेभिट, भिभिएन किंग्मा, वेस्ली बरेसी, साइब्रान्ड एंगलब्रेक्ट, रोलफ भान डर मर्व, काइल क्लेन, फ्रेड क्लासेन र टिम भान डर गुग्टेन
नामिबियाको टोली : जेरार्ड एरास्मस (कप्तान), जेन ग्रिन (विकेटकिपर), जेजे स्मिट (उपकप्तान), माइकल भान लिंगेन, निकोल लोफ्टि-इटन, सन फौसी, बेन शिकोंगो, जान फ्रिलिंक, रुबेन ट्रम्पलम्यान, निको डाभीन, टांगेनी लुंगामेनी, ज्याक ब्रेसल, बर्नार्ड स्कोल्ज, जेपी कोट्जे र मलान क्रुगर
February 16, 2025
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२५ को खेल तालिका आइतवार सार्वजनिक भएको छ । साविक विजेता कोलकाता नाइट राइडर्सको घरेलु मैदानमा सिजनको पहिलो खेल हुँदैछ । मार्च २२ मा इडन गार्डेनमा कोलकाता र रोयल च्यालेन्जर्स बेंगलुरुका बीचमा पहिलो खेल हुनेछ । यसपटकको फाइनल साविक विजेता कोलकाताको घरेलु मैदानमा हुनेछ । फाइनल मे २५ मा […]
February 16, 2025
एजेन्सी – विश्व कप लिग टु अन्तर्गतको खेलमा ओमानले नामिबियालाई पराजित गरेको छ । ओमानले आइतवार नामिबियामाथि २ विकेटको जित हासिल गरेको छ । नामिबियाको विश्व कप लिग टुमा १६ खेलमा १०औं हार हो । लिग टुको सुरुवाती ५ मध्ये ४ खेल जितेको थियो । नामिबियाले पछिल्लो ५ खेलमा २ मा मात्र जित हासिल गरेको […]
February 15, 2025
काठमाडौं(हाम्रो खेलकुद) – रिक्त रहेको नेपाली क्रिकेट टोलीको मुख्य प्रशिक्षकका लागि आवेदन खुला भएको छ । नेपाल क्रिकेट संघ(क्यान) ले शनिवार मुख्य प्रशिक्षकका लागि आवेदन खुला गरेको हो । क्यानका अनुसार आगामी १६ गतेसम्म मुख्य प्रशिक्षकका लागि आवेदन दिन सकिनेछ । क्यानले जनाए अनुसार मुख्य प्रशिक्षकका लागि कम्तिमा पनि ईसिबी वा सिए बाट लेभल ३ […]