default_image

5 months ago

February 27, 2024

पुछारका दुवै ब्याटरको सानदार शतक

2267 views

0 Bookmark

एजेन्सी – भारतको शीर्ष श्रेणी क्रिकेट प्रतियोगिता रणजी ट्रफी अन्तर्गत मुम्बईबाट पुछारका दुई ब्याटरले शतक बनाएका छन् । नेपालले अर्को महिना मैत्रीपूर्ण सिरिज खेल्न लागेको बरोडाविरुद्ध दुर्लभ उपलब्धि हासिल गरेका हुन् ।

मंगलबार सम्पन्न दोस्रो क्वाटरफाइनल अन्तर्गत बरोडाविरुद्ध खेलको पाँचौ दिन दशौं नम्बरमा ब्याटिङ गरेका तनुश कोटिया र एघारौं नम्बरमा आएका तुषार देशपाण्डेले शतक प्रहार गरेका हुन् । चौथो दिन ब्याटिङ सुरु गरेका यी दुईले अन्तिम विकेटका लागि २ सय ३२ रनको साझेदारी समेत निर्माण गरे ।

चौथो दिनको खेल सकिँदा मुम्बई ३७९-९ को स्थितिमा थियो । तनुश ३२ रन र तुषार २३ रनमा खेलिरहेका थिए । तर पाँचौ दिन आक्रामक ब्याटिङ गरेका यी दुवैले शतक पूरा गरे ।

तुषार १ सय २९ बलमा १० चौका र ८ छक्कासहित १ सय २३ रन जोड्दै निनाद रथ्बाको बलमा क्याच आउट भए । तनुष १ सय २९ बलमा १० चौका र ४ छक्कासहित १ सय २० रनमा नटआउट रहे ।

मुम्बईले दुवै शतकको सहयोगमा आफ्नो दोस्रो इनिङमा ५ सय ६९ रनको विशाल योगफल खडा गरेको थियो । ओपनर हार्दिक तमोरेले पनि १ सय १४ रनको इनिङ खेलेका थिए । कप्तान अजिंक्या रहाने भने शून्यमै बोल्ड भएका थिए ।

मुम्बईले खेल पहिलो इनिङको अग्रताको आधारमा जित्दै सेमिफाइनलमा स्थान बनायो । मुम्बईले पहिलो इनिङमा ३ सय ८४ तथा बरोडाले ३ सय ४८ रन जोडेको थियो । बरोडा दोस्रो इनिङमा १२१-३ को अवस्थामा हुँदा खेल टुंगिएको हो ।

नेपालले अर्को महिना बरोडा र गुजरातसँग नै त्रिकोणात्मक टि२० सिरिज खेल्दैछ ।

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.