default_image

2 months ago

February 28, 2024

नेपाललाई नेदरल्यान्ड्सको बलियो लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – त्रिकोणात्मक टि२०आई सिरिजको दोस्रो खेलमा नेदरल्यान्ड्सले नेपाललाई १ सय ८५ रनको बलियो लक्ष्य प्रस्तुत गरेको छ । टियु क्रिकेट मैदानमा पहिलो ब्याटिङको निम्तो पाएको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ८४ रन जोड्यो । नेदरल्यान्ड्सका ओपनर माइकल लेभिटले अर्धशतक प्रहार गरे । लेभिटले आक्रामक सुरुवात गर्दै नेपाललाई दबाबमा […]

1416 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – त्रिकोणात्मक टि२०आई सिरिजको दोस्रो खेलमा नेदरल्यान्ड्सले नेपाललाई १ सय ८५ रनको बलियो लक्ष्य प्रस्तुत गरेको छ ।

टियु क्रिकेट मैदानमा पहिलो ब्याटिङको निम्तो पाएको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ८४ रन जोड्यो । नेदरल्यान्ड्सका ओपनर माइकल लेभिटले अर्धशतक प्रहार गरे ।

लेभिटले आक्रामक सुरुवात गर्दै नेपाललाई दबाबमा राखेका थिए । उनले ३६ बलमा ५ चौका र ३ छक्कासहित ५४ रन जोडे । नवौं ओभरमा कुशल मललाई आक्रमण गर्ने प्रयासमा उनी स्टम्पिङ आउट भए ।

त्यसअघि तेस्रो ओभरमा म्याक्स ओ डाउड ४ रन जोड्दै करण केसीको शिकार बने । स्कट एडवार्ड्सले १६ बलमा ५ चौकासहित ३३ रन जोडे । उनी रनआउट हुन पुगेका थिए ।

साइब्रान्ड एंगलब्रेक्टले ३८ बलमा नटआउट ४९ रन जोडे । उनले ४ चौका र १ छक्का प्रहार गरे । तेजा निदमनुरुले अन्तिम बलमा रनआउट हुनुअघि ३१ रन जोडे । उनले २४ बलको सामना गर्दै ३ चौका प्रहार गरे ।

नेपालका कप्तान रोहित कुमार पौडेलले टस जितेर पहिलो फिल्ड गर्ने निर्णय लिएका थिए । टोलीमा आज दुई परिवर्तन भएको छ । विवेक यादव र अभिनाश बोहोराको स्थानमा ललित नारायण राजवंशी र प्रतिश जिसी टोलीमा आएका छन् ।

नेदरल्यान्ड्सले टिम भान डर गुग्टेनलाई सिधै टि२० टोलीमा राखेको छ । उनी ओडीआई टोलीमा थिएनन् ।

नेपालको टोली :

कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल, कुशल मल्ल, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, गुलशन झा, दीपेन्द्र सिंह ऐरी, ललित नारायण राजवंशी, प्रतिश जिसी

नेदरल्यान्ड्सको टोली :

म्याक्स ओ डाउड, स्कट एडवार्ड्स, आर्यन दत्त, साइब्रान्ड एंगलब्रेक्ट, नोआ क्रोस, वेस्ली बरेसी, भिभिएन किंग्मा, रोलफ भान डर मर्व, माइकल लेभिट, तेजा निदामानुरु, टिम भान डर गुग्टेन

April 20, 2024

दिल्लीमाथि हैदरावादको सानदार जित

एजेन्सी – विष्फोटक ब्याटिङ प्रदर्शन सहित सनराईजर्स हैदरावादले इंडियन प्रिमियर लिग (आइपिएल) मा शनिबार दिल्ली क्यापिटल्स माथि फराकिलो जित दर्ता गरेको छ । हैदरावादले दिल्लीमाथि उसैको मैदानमा ६७ रनको सानदार जित निकालेको हो। टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हैदरावादले उत्कृष्ट ब्याटिङ सहित २० ओभरमा ७ विकेट गुमाउँदै २ सय ६६ रनको विशाल योगफल खडा […]

April 20, 2024

नेपाललाई हराउँदै हङकङ इमर्जिङ एसिया कपमा छनोट

मस्कट (हाम्रो खेलकुद) – हङकङ ओमनमा जारी एसीसी प्रिमियर कपमा तेस्रो स्थान हासिल गर्दै इमर्जिङ टिम्स एसिया कपमा छनोट भएको छ । तेस्रो स्थानको लागि शनिबार भएको खेलमा नेपाल माथि ४ विकेटको जित निकाल्दै इमर्जीङ टिम्स एसिया कपमा छनोट भएको हो । नेपालले दिएको १ सय ४० रनको लक्ष्य पछ्याएको हङकङले लक्ष्य १९.३ ओभरमा ६ […]

April 20, 2024

दीपेन्द्रको ब्याटिङमा नेपालको प्रतिस्पर्धात्मक योगफल

मस्कट (हाम्रो खेलकुद) – एसिसि प्रिमियर कप अन्तर्गत हङकङ विरुद्ध तेस्रो स्थानको खेलमा नेपालले प्रतिस्पर्धात्मक योगफल खडा गरेको छ । पछिल्लो खेलमा खराब ब्याटिङ प्रदर्शन गरेको नेपालले आज निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३९ रन बनाएको हो ।  टस जितेर पहिला ब्याटिङ रोजेको नेपालका लागि दीपेन्द्र सिंह ऐरीले २९ बलमा ४ चौका र ३ […]

Success

Thank you for your time.