default_image

2 years ago

February 28, 2024

क्यानडाले यूएईलाई उसकै मैदानमा हरायो

2187 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी क्रिकेट विश्वकप लिग -२ अन्तर्गत त्रिकोणात्मक सिरिजको पहिलो खेलमा क्यानडाले यूएईलाई पराजित गरेको छ ।

दुबई क्रिकेट स्टेडियममा बुधबार क्यानडाले ३ विकेटको जितका साथ लिग-२ मा विजयी सुरुवात गरेको हो । यूएईले प्रस्तुत गरेको १ सय ९५ रनको लक्ष्य क्यानडाले ४७.४ ओभरमा ७ विकेट गुमाएर पूरा गरेको हो । क्यानडाका लागि निकोलस किर्तनले अर्धशतक प्रहार गर्दै जितसम्म डोर्याए ।

यूएईले पहिलो ब्याटिङको निम्तो पाएपछि ४७.५ ओभरमा अलआउट हुँदै १ सय ९४ रन जोडेको थियो । ओपनर मोहमद वासिमले ८२ बलमा ४९ रन जोडेपनि शीर्षक्रमका अन्य ब्याटरबाट राम्रो साथ पाएनन् । तनिश सुरी (०), अलिशन शराफु (१५), असिफ खान (१६), राहुल चोपरा (४) र बसिल हमिद (१९) ले राम्रो खेल्न सकेनन् ।

सातौं विकेटका लागि आयान अफजल खान र जुहेब जुबेरले ३९ रनको साझेदारी गर्दै स्कोर बढाएका थिए । आयानले ५० बलमा ३८ रन तथा जुबेरले २६ बलमा ३१ रन बनाए ।

क्यानडाका लागि बायाँ हाते तीव्र गतिका बलर कलीम सानाले ४ विकेट लिए । डिलोन हेलिगरले २ तथा हर्ष ठाकर, अमर खालिद र साद बिन जाफरले १-१ विकेट बाँडे ।

जवाफमा क्यानडाले सुरुवाती ३ विकेट सस्तैमा गुमाएपनि राम्रो पुनरागमन गर्यो । ओपनर सृमन्थ विजयरत्ने र निकोलस किर्तनले चौथो विकेटका लागि ६४ रनको साझेदारी गर्दी जितको आधार तयार पारे । विजयरत्ने ८३ बलमा ६ चौकासहित ५९ रन जोड्दै कट बिहाइन्ड भए ।

त्यसअघि आरोन जोन्सन (४), पर्गत सिंह (६) र नवानित धलिवल (५) ले राम्रो सुरुवात गर्न सकेका थिएनन् । निकोलस किर्तन ९० बलमा ७ चौकासहित ६८ रनमा नटआउट रहे । उनलाई कप्तान जाफरले २१ रन जोडेर साथ दिएका थिए ।

यससँगै लिग-२ को तालिकामा क्यानडाको २ अंक भएको छ । रनरेटको आधारमा क्यानडा समान २ अंक जोडेको नेपालभन्दा माथि पनि उक्लेको छ । नामिबियाको ६ अंक हुँदा नेदरल्यान्ड्सको ४ अंक छ ।

December 10, 2025

काठमाडौंलाई हराउँदै लुम्बिनी क्वालिफायर ‘टु’ मा

काठमाडौं (हाम्रो खेलकुद)- चौथो स्थानमा रहँदै प्ले अफ‌ पुगेको लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) क्वालिफायर ‘टु’ को यात्रा तय गरेको छ। काठमाडौं गोर्खाजलाई एलिमिनेटरमा आज ४ विकेटले हराउँदै लुम्बिनीले विराटनगर किङ्ससँगको भेट पक्का गरेको हो। १ सय १२ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १७.४ ओभरमा ६ विकेट गुमाउँदै जित निकाल्यो । लुम्बिनीले पनि ब्याटिङमा केही […]

December 10, 2025

लुम्बिनीविरुद्ध काठमाडौंको ब्याटिङ चलेन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी रोयल्सका स्पिनर चम्किएपछि काठमाडौं गोर्खाजले आज नेपाल प्रिमियर लिग (एनपिएल) को एलिमिनेटरमा खुलेर ब्याटिङ गर्न सकेन।‌ टस जितेर पहिला ब्याटिङ रोजेको काठमाडौंले त्यसको फाइदा उठाउन सकेन । स्पिनर शेर मल्ल, कप्तान रोहित पौडेल र अभिषेश गौतमले ७ विकेट लिएपछि काठमाडौंले १९.१ ओभरमा अलआउट हुँदै १ सय‌ ११ रन मात्र बनाउन सक्यो। […]

December 10, 2025

काठमाडौंले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) मा आज एलिमिनेटरमा काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स खेल्दैछन्। काठमाडौंका कप्तान करण केसीले टस जितेर ब्याटिङ रोजेका छन् । रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले फिल्डिङ गर्नेछ। लिग चरणमा काठमाडौंले लुम्बिनीलाई २२ रनले हराएको थियो। त्यो खेलमा लुम्बिनीले टस जितेर पहिला फिल्डिङ नै रोजेको थियो। काठमाडौंले अघिल्लो खेलकै टोलीलाई […]

Success

Thank you for your time.