2 years ago
February 28, 2024
काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी क्रिकेट विश्वकप लिग -२ अन्तर्गत त्रिकोणात्मक सिरिजको पहिलो खेलमा क्यानडाले यूएईलाई पराजित गरेको छ ।
दुबई क्रिकेट स्टेडियममा बुधबार क्यानडाले ३ विकेटको जितका साथ लिग-२ मा विजयी सुरुवात गरेको हो । यूएईले प्रस्तुत गरेको १ सय ९५ रनको लक्ष्य क्यानडाले ४७.४ ओभरमा ७ विकेट गुमाएर पूरा गरेको हो । क्यानडाका लागि निकोलस किर्तनले अर्धशतक प्रहार गर्दै जितसम्म डोर्याए ।
यूएईले पहिलो ब्याटिङको निम्तो पाएपछि ४७.५ ओभरमा अलआउट हुँदै १ सय ९४ रन जोडेको थियो । ओपनर मोहमद वासिमले ८२ बलमा ४९ रन जोडेपनि शीर्षक्रमका अन्य ब्याटरबाट राम्रो साथ पाएनन् । तनिश सुरी (०), अलिशन शराफु (१५), असिफ खान (१६), राहुल चोपरा (४) र बसिल हमिद (१९) ले राम्रो खेल्न सकेनन् ।
सातौं विकेटका लागि आयान अफजल खान र जुहेब जुबेरले ३९ रनको साझेदारी गर्दै स्कोर बढाएका थिए । आयानले ५० बलमा ३८ रन तथा जुबेरले २६ बलमा ३१ रन बनाए ।
क्यानडाका लागि बायाँ हाते तीव्र गतिका बलर कलीम सानाले ४ विकेट लिए । डिलोन हेलिगरले २ तथा हर्ष ठाकर, अमर खालिद र साद बिन जाफरले १-१ विकेट बाँडे ।
जवाफमा क्यानडाले सुरुवाती ३ विकेट सस्तैमा गुमाएपनि राम्रो पुनरागमन गर्यो । ओपनर सृमन्थ विजयरत्ने र निकोलस किर्तनले चौथो विकेटका लागि ६४ रनको साझेदारी गर्दी जितको आधार तयार पारे । विजयरत्ने ८३ बलमा ६ चौकासहित ५९ रन जोड्दै कट बिहाइन्ड भए ।
त्यसअघि आरोन जोन्सन (४), पर्गत सिंह (६) र नवानित धलिवल (५) ले राम्रो सुरुवात गर्न सकेका थिएनन् । निकोलस किर्तन ९० बलमा ७ चौकासहित ६८ रनमा नटआउट रहे । उनलाई कप्तान जाफरले २१ रन जोडेर साथ दिएका थिए ।
यससँगै लिग-२ को तालिकामा क्यानडाको २ अंक भएको छ । रनरेटको आधारमा क्यानडा समान २ अंक जोडेको नेपालभन्दा माथि पनि उक्लेको छ । नामिबियाको ६ अंक हुँदा नेदरल्यान्ड्सको ४ अंक छ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]