default_image

11 months ago

February 29, 2024

‘सो क्लोज एट सो फार’

3069 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल र नेदरल्यान्ड्सबीच त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा विहीबार नेपाललाई एक समय जितको लागि १८ बलम ४८ रन आवश्यक थियो । प्रति ओभर १६ रन चाहिएको अवस्थाबाट दीपेन्द्रसिंह ऐरीले खेल ४ बलमा ५ रन आवश्यकको स्थितिमा ल्याए । तर अन्त्यमा नेपाल २ रनले खेल हार्न पुग्यो ।

लिग-२ अन्तर्गतको ओडीआई सिरिजमा ३ हार बेहोरेको नेपालले १ खेलमा नेदरल्यान्ड्सलाई पराजित गरेको थियो । तर नेपालले बेहोरेको ३ हारमा नेदरल्यान्ड्सविरुद्ध अन्तिम खेल बाहेक नामिबियाविरुद्धका दुवै खेल नेपालले जित्न सक्ने अवस्थाकै थियो । ओडीआईमा कमजोर ब्याटिङका कारण बलरले खेल जिताउन नसकेपनि टि२०आईमा भने त्यो सुधारिएको छ ।

टि२०आई सिरिजको दुवै खेलमा नेपालले लक्ष्य पछ्याउने क्रममा जितको नजिक पुगेर हार बेहोर्यो । दुवै खेलमा टि२० विशेष भूमिका पाएका खेलाडीले आफ्नो स्थानलाई न्याय गर्न सकेनन् । दीपेन्द्रसिंह ऐरीले दुवै खेलमा आफू नेपालको टि२० सुपरस्टार किन भनिन्छ भन्ने प्रमाणित गर्दा रोहित पौडेलले कप्तानको इनिङ खेलेका छन् । अन्यबाट भने त्यस अनुसार साथ मिलेको छैन ।

ओपनर कुशल भुर्तेल दुवै खेलमा खाता नखोली आउट भएका छन् । पहिलो खेलमा नामिबियाविरुद्ध उनी पहिलो बलमै एलबीडब्लु धरापमा परे । बायाँ हाते रुबेन ट्रम्पलम्यानको बललाई लेग साइडतर्फ खेल्ने सुरमा बिट हुँदा उनी आउट भए । दोस्रो खेलमा तेस्रो बल एज लाग्दै विकेटकिपरको हातबाट समातिए । आक्रामक सुरुवात दिलाउने जिम्मेवारी पाएका उनी दुवै खेलमा चुक्दा नेपाल दबाबमा परेको थियो ।

‘कुशल स्तरीय खेलाडी हुन् । दुई खेल अघिसम्म उनले हाम्रो लागि उच्च प्रदर्शन गरे । कहिलेकाहीं विश्व स्तरीय खेलाडी पनि सुरुवातमै आउट हुन सक्छन् । तर उनले के गर्न सक्छन् हामीलाई थाहा छ,’ प्रशिक्षक मोन्टि देशाइले नेदरल्यान्ड्सविरुद्ध खेलपछि भने ।

आसिफ पहिलो खेलमा चाडै आउट भएपनि दोस्रो खेलमा भने रोहितसँग बलियो साझेदारी गरे । रोहितले टि२० मा तेस्रो नम्बरमा आउँदै रनगति बढाउने सँगै महत्त्वपूर्ण योगदान दिएका छन् । कुशल मल्ल नामिबियाविरुद्ध चलेपनि नेदरल्यान्ड्सविरुद्ध चाडैं आउट भए ।

दुवै खेलमा निकै आशा गरिएको र आफ्नो भूमिकामा खडा हुनुपर्ने सन्दीप जोरा चलेनन् । शीर्ष र मध्यक्रमका ब्याटरले जितको आधार खडा गरेपछि फिनिस गर्नुपर्ने जिम्मेवारी पाएका उनी दुवै खेलमा दोहोरो अंक स्कोर बनाउन चुके । नामिबियाविरुद्ध विवेक यादवले सोहि गल्ती गर्दा दोस्रो खेलमा बाहिर बसे ।

बलिङमा खराब सुरुवात भएपनि दीपेन्द्रले अन्त्यतिर कसिलो बलिङ गर्दै नेदरल्यान्ड्सलाई २ सय रनसम्म पुग्न दिएनन् । नेपाल जितनजिक पुगेर पनि हारको सामना गर्नुपर्यो । तीव्र गतिका बलरबाट नेपालले सोचेअनुरुप प्रदर्शन पाउन सकिरहेको छैन । विपक्षी टोलीले नेपाली बलरलाई निकै सहज रुपमा खेलिरहेका छन् । बिरलै ब्याटरहरु बिट भएका छन् ।

प्रशिक्षक देशाइ खेलाडीहरुले आफ्नो क्षमता र बहादुरी मैदानमा देखाइरहेको बताउँछन् । ‘दुवै खेलमा हामीले लक्ष्य पछ्याउने पक्षमा राम्रो गरेका छौं । हामीले सानो कुरा नै ठूलो महत्त्वको हुन्छ भन्ने बुझेका छौं । आज दिपेन्द्रले अन्तिम ओभरको सुरुवाती दुई बल राम्रो खेले, तर विपक्षी बलर पनि राम्रा थिए र उनले आफ्नो पक्षमा खेल ल्याए ।’

नेदरल्यान्ड्सविरुद्ध गुलशनले बलिङ गरेनन् र ब्याटिङमा पनि स्ट्राइक पाएनन् । प्रशिक्षक देशाइले उनको उपस्थिति र उनलाई लिएर टोलीको योजना प्रष्ट रहेको बताए । ‘हामीले उनलाई कहाँ र कसरी प्रयोग गर्ने योजना बनाएका छौं । विपक्षीको योजना अनुसार प्रयोग गर्ने तयारी थियो । अन्त्यमा उनले स्ट्राइक पाएनन् । बिचमा अफ स्पिनर आएकाले उनले केहि प्रतीक्षा गर्नुपरेको हो,’ उनले भने ।

एक बलले खेलको नतिजामा नै प्रत्यक्ष असर गरेको अवस्थाबाट अब नेपाली टोली उठ्नुपर्नेछ । नेदरल्यान्ड्सविरुद्ध हातमा आइसकेको जितबाट नेपाली टोली बन्चित हुनुपर्यो । ‘सो क्लोज यट सो फार’ अर्थात धेरै नजिक तर अझै टाढा ।

अब बाँकी दुई खेलमा दुवै खेल जितेको अवस्थामा मात्र नेपालको हातमा फाइनलको सम्भावना रहन्छ । कुनै एक खेल मात्र गुमाए नेपालले अन्यको नतिजा भर पर्नु पर्छ । नेपालले अब शुक्रबार नामिबिया र शनिबार नेदरल्यान्ड्ससँग खेल्नेछ ।

January 14, 2025

एपिएफको जितमा ममता र इन्दुको अर्धशतक

धनगढी (हाम्रो खेलकुद)- प्रधानमन्त्री कप टि ट्वान्टी महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको‌ पहिलो दिन एपिएफ र सुदूरपश्चिम प्रदेश विजयी भएका छन्। दिनको दोस्रो खेलमा एपिएफले कर्णाली प्रदेशलाई १ सय ११ रनले‌ हरायो‌। फाप्ला क्रिकेट मैदानमा १ सय ८३ रनको लक्ष्य पछ्याएको कर्णालीले २० ओभरमा ७ विकेट गुमाएर ७१ रनमात्र बनाउन सक्यो । कर्णालीबाट दिक्षा पुरीले सर्वाधिक […]

January 14, 2025

पुलिसका कुशलको अविजित अर्धशतक

काठमाडौं (हाम्रो खेलकुद)- जय ट्रफी पुरुष एलिट कपको फाइनलको पहिलो दिन मंगलवार खराब मौसमको कारण १७ ओभरको खेल मात्र सम्भव भएको छ। वीरगंजमा मौसमले प्रभाव पारेको खेलमा नेपाल पुलिस क्लबले १७ ओभरमा २ विकेट गुमाएर ८५ रन बनायो। उसका लागि कुशल भुर्तेलले पहिलो दिन अविजित अर्धशतकीय पारी खेले। मौसमको लारण टस ढिला भयो। टस जितेको […]

January 14, 2025

पिएसएलमा विक्री भएनन् नेपाली खेलाडी

काठमाडौं(हाम्रो खेलकुद) – पाकिस्तान सुपर लिग (पिएसएल) २०२५ को ड्राफ्टमा सन्दीप लामिछानेसहिय ७ खेलाडी विक्री भएनन् । लाहोरमा सोमवार भएको अक्सनमा कुनै पनि नेपाली खेलाडीलाई‌ लिन टोलीहरुले चासो देखाएनन् । सन्दीपले डायमन्ड तथा आसिफ शेख, अर्जुन साउद, देव खनाल, दीपेन्द्रसिंह ऐरी, गुलशनकुमार झा र सोमपाल कामी सिल्भर क्याटागोरीमा समावेश थिए। गत संस्करणमा पनि नेपाली खेलाडीलाई पिएसएलका […]

Success

Thank you for your time.