2 years ago
March 1, 2024
काठमाडौं (हाम्रो खेलकुद) – त्रिकोणात्मक टि२०आई सिरिज अन्तर्गत चौथो खेलमा शुक्रबार नेपाल र नामिबिया भिड्दैछन् । मध्यान्ह ११:३० बजे टियु क्रिकेट मैदानमा हुने खेलमा नेपालले फाइनलको सम्भावना जीवित राख्न जित्नुपर्ने आवश्यकता छ ।
लिग चरणका ३ खेल सकिँदा नेपालले दुवै खेलमा हार बेहोरेको छ । नेदरल्यान्ड्स दुवै खेल जित्दै ४ अंकका साथ शीर्षस्थानमा रहँदा नामिबिया १ जित र १ हारका साथ २ अंक जोडेर दोस्रो स्थानमा छ । आजको खेलमा नामिबियाले जित हासिल गरे नेदरल्यान्ड्ससँग फाइनल खेल्ने पक्का हुनेछ ।
नेपालले आजको खेल जितेमा भने फाइनल पुग्ने सम्भावना जीवित रहनेछ । शनिबार नेपालले नेदरल्यान्ड्सको सामना गर्दैछ । त्यस्तै नामिबिया र नेदरल्यान्ड्सले आइतबार खेल्नेछन् । फाइनल मंगलबार हुनेछ ।
नेपालले आजको खेलमा टोलीमा परिवर्तन गर्ने सम्भावना छ । पछिल्लो खेल खेलेका बायाँ हाते पेस बलर प्रतिश जिसीले आज अनिल शाहलाई स्थान दिन सक्छन् । त्यस्तै नामिबियामा बायाँ हाते ब्याटरको संख्या बढी रहेकाले स्पिनर ललितको स्थान पनि सुरक्षित छैन ।
December 4, 2025
काठमाडौ (हाम्रो खेलकुद)- लगातारको छैटौं जितमा सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको पहिलो क्वालिफायरमा स्थान सुरक्षित गरेको छ। सुदूरपश्चिमले आज चितवन राइनोजलाई ४९ रनले हरायो। सुदूरपश्चिम जारी लिगको एक मात्र अपराजित टोली हो। चौथो हार बेहोरेको चितवनको भने प्ले अफ यात्रा निकै कठिन बनेको छ। चितवनको हारले विराटनगर किङ्सको प्ले अफ यात्रा पक्का […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा प्ले अफमा पुगिसकेको सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई जितको लागि १ सय ७० रनको चुनौती दिएको छ। टस जितेर चितवनले फिल्डिङ रोजेपछि सुदूरपश्चिमले २० ओभरमा विकेट ४ विकेट गुमाउँदै १ सय ६९ रन बनायो। विनोद भण्डारी र क्रिस लिन ओपनिङ ब्याटिङमा आए।लिनले मात्र २ रन जोड्दा जीवनदान […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- काठमाडौं गोर्खाजका साहब अलाम नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनमा ह्याट्रिक विकेट लिने पहिलो बलर बनेका छन्। पोखरा एभेन्जर्स विरुद्धको खेलमा आज साहबले ह्याट्रिक सहित ६ विकेटको सफलता प्राप्त गरे। काठमाडौं १ सय ६५ रन डिफेन्ड गर्न उत्रदा साहबले जेसन रोयलाई बोल्ड आउट गर्दै आफ्नो पहिलो विकेट लिए। उनी पोखराको दोस्रो […]