default_image

5 months ago

March 1, 2024

एसईई दिएका २ सय जनालाई निशुल्क क्रिकेट प्रशिक्षण क्याम्प

243 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेक्सस क्रिकेट एकेडेमीले यस बर्ष एसईई दिने २ सय जना विद्यार्थीका लागि २० दिने निशुल्क क्रिकेट क्याम्प आयोजना गर्ने भएकाे छ ।

काठमाडौंको पेप्सीकोलामा अवस्थित एकडेमीले ग्रासरूट क्रिकेट विकासमा काेषेढुङगा सावित हुँदै आएको यस क्याम्पलाई निरन्तरता दिन लागेको हो । नेक्ससले यस क्याम्पको पाँचौ संस्करण २०८० चैत्र २८ गते देखि २०८१ वैशाख १८ गतेसम्म मुलपानी क्रिकेट रंगशाला र एकेडेमीको प्राङ्गणमा संचालन गर्न लागेकाे हो ।

क्याम्पमा सहभागी हुन इच्छुक विद्यार्थीहरुले अनलाइन फारम भर्नुपर्ने छ । फारम भर्ने पहिलाे २ सय जनालाई क्याम्पमा सहभागी गराईने एकेडेमीले जनाएको छ ।

क्याम्पमा पाकिस्तानकाे पहिलाे श्रेणी क्रिकेट खेलेका पाकिस्तान क्रिकेट बाेर्डबाट लेभल १ गरेका प्रशिक्षक इम्तियाज हुसेन र नेपाली क्रिकेटका वरिष्ठ प्रशिक्षकहरूले प्रशिक्षक दिनेछन् ।एकडेमीका अध्यक्ष भरत कुमार शाहीले क्याम्पमा हरेक खेलाडीले १० खेल खेल्ने अवसर पाउने पनि जानकरी दिए ।

यसअघि क्याम्पको पहिलो संस्करणमा हाल नेपालकाे यू१९ टोलीमा विकेटकिपर रहेका उत्तम थापा मगर र तेस्रो संस्करणबाट यू१६ टोलीका अशाेक धामी सहभागी थिए । यसबाहेक दर्जन बढी खेलाडीले घरेलु क्रिकेटमा छाप बसाएको एकेडेमीको दावी छ ।

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.