default_image

2 years ago

March 2, 2024

अर्किडलाई एक्सपर्ट भरतपुर मेयर्स कप उपाधि

383 views

0 Bookmark

चितवन (हाम्रो खेलकुद)– अर्डिक स्कुलले एक्सपर्ट भरतपुर मेयर्स कप इन्टर स्कुल टि–२० क्रिकेट लिगको उपाधि जितेको छ ।

भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा आज (शनिबार) भएको फाइनलमा वाल्मीकि शिक्षा सदनलाई २० रनले पराजित गर्दै अर्किडले पहिलो संस्करणको उपाधि जितेको हो । उपाधिसंगै अर्किडले रनिङ ट्रफी हात पा¥यो ।

टस जितेर पहिले ब्याटिङ रोजेको अर्किडले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ३० रनको योगफल बनाएको थियो । अर्किडका लागि सागुन सापकोटाले ३९ बलमा ४६ रन र मन्दिप बरालले ३६ रन बनाए । वाल्मीकिका लागि सुदर्शन पन्त र सिर्जन तिमिल्सिनाले समान १ विकेट लिए ।

१ सय ३१ रनको विजय लक्ष्य पछ्याएको वाल्मीकि १९.१ ओभरमा १ सय १० रन बनाउँदै अलआउट भयो । उसका लागि कप्तान आदर्श दुलालले सर्वाधिक ३० रन र युमन कंडेलले २६ रन बनाए । अर्किडका लागि मन्दिप बराल र सगुन सापकोटाले समान १ विकेट लिए ।

फाइनल खेलको प्लेयर अफ दि म्याच अर्किडका मन्दिप बराल भए । उनी प्रतियोगिताको उत्कृष्ट बलर बन्दै अवार्ड पाए । उनले प्रतियोगितामा कुल २१ विकेट लिए । यस्तै अर्किडकै सगुन सापकोटा प्रतियोगिताको उत्कृष्ट ब्याटरसंगै सर्वोत्कृष्ट खेलाडी घोषित भए । उनी प्रतियोगितामा एक शतकसहित २ सय ५७ रन बनाए भने १४ विकेट समेत लिए ।

विजेता तथा उपविजेता टिमलाई भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहाल, प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र कुमार राना, चितवन जिल्ला क्रिकेट संघका अध्यक्ष सुदिप पिया, महानगरका नगर शिक्षा अधिकारी महेन्द्र पौडेल, एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज चितवनका रिजनल म्यानेजर किरण पौडेल, विजनेस डेभलपमेन्ट म्यानेजर विनोदबाबु रिजाललगायतले पुरस्कृत गरे ।

यस्तै एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज चितवनले विजेता र उपविजेता टिमलाई क्रिकेट खेल सामग्री समेत प्रदान गरेको थियो । गत माघ २६ गतेबाट सुरु भएको प्रतियोगितामा १० संस्थागत र १० वटा सामुदायिक विद्यालयगरि कुल २० वटा विद्यालयको सहभागिता रहेको थियो ।

जसमध्ये १० टिम नकआउट चरणबाटै बाहिरिएका थिए भने १० टिम लिग चरणमा प्रवेश गरेका थिए । फागुन ४ गतेबाट भएको लिग चरणमा १० टिमलाई दुई समूहमा बाडिएको थियो । सबै टिमले लिग चरणमा कुल ४ खेल खेलेका थिए । समूको विजेता र उपविजेता चार टोली सेमीफाइनल यात्रा तय गरेका थिए ।

‘वाचा पूरा भयो’- प्रमुख दाहाल

यसैबीच समापन समारोहमा बोल्दै भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले गौतमबुद्ध क्रिकेट रंगशाला निर्माण गर्छु भन्ने वाचा पुरा भएको बताइन् । रंगशालाको टेण्डर आह्वान भएसंगै आफ्नो बाचा पुरा भएको बताइन् । उनले भनिन्,‘हामीले २ दिन अगाडि टेण्डरको आह्वान गरेका छौं, अब केही महिनाभित्र निर्माण कार्य सुरु हुन्छ र साढे २ वर्षभित्र निर्माणको कार्य पुरा हुनेछ ।’

उनले थपिन्,‘सम्पूर्ण नेपालीका लागि खुशीको विषय हो, आज फरक अनुभूति भएको छ, सधै यहाँ आएर रंगशाला बन्छ, बनाउने छौ मात्र भन्ने गर्दथ्यौ । अब बन्ने पक्का भएको छ ।’ महानगर प्रमुख दाहालले महानगरपालिकाले विद्यालयस्तरीय लिग प्रतियोगिता पहिलो पटक गरेको भए पनि पूर्ण रुपमा सफल भएको दावी गरिन् ।

महानगरपालिकाले क्रिकेट मात्र होइन छिट्टै फुटबल, भलिबल र अन्य खेल पनि आयोजना गर्ने उनको भनाई थियो । प्रमुख दाहालले अब पुरुषको मात्र नभइ महिलाको पनि यस्ता प्रतियोगिता हुने प्रष्ट पारिन् । यस्तै सोही कार्यक्रममा बोल्दै महानगरका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र रानाले प्रतियोगिता सम्पन्न गर्न सहयोग गर्ने सबैमा धन्यवाद दिए ।

त्यस्तै चितवन जिल्ला क्रिकेट संघका अध्यक्ष सुदिप पियाले यस प्रतियोगिता आफूले सोचेभन्दा धेरै उत्कृष्ट भएको बताए । उनले प्रतियोगितालाई राम्रो बनाउन सबै खेलाडीले पनि राम्रो खेलेको बताए । उनले जिल्ला क्रिकेट संघले पानीले असर नगरेसम्म लगातार प्रतियोगिता आयोजना गर्दै जाने प्रतिवद्धता जनाए । उनले महानगरपालिकाले चितवनको क्रिकेट विकासमा खेलेको भूमिकाको प्रशंसा गर्दै आगामि दिनमा यस्तै साथ र सहयोगको अपेक्षा रहेको बताए ।

यस्तै कार्यक्रममा बोल्दै एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज चितवनका रिजनल म्यानेजर किरण पौडेलले विद्यालयस्तरीय क्रिकेटमा एक्सपर्टलाई जोड्ने अवसर दिएकोमा सबैमा धन्यवाद ज्ञापन गरे ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.