default_image

5 months ago

March 3, 2024

हङकङ भ्रमणको लागि टोली घोषणा

3076 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी टि२० विश्वकपको लागि तयारीस्वरूप नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले हङकङ भ्रमण गर्दैछ । टि२० फर्म्याटको ४ खेल खेल्ने भ्रमणका लागि युवा प्रतिभा समेट्दै क्यानले टोली घोषणा गरेको छ ।

रोहित पौडेलको कप्तानीमा घोषित टोलीमा हाल चलिरहेको त्रिकोणात्मक टि२० सिरिजबाट कुशल भुर्तेल, विनोद भण्डारी, गुलशन झा, सन्दीप जोरा, आरिफ शेख, विवेक यादव, करण केसी, अभिनाश बोहोरा, राशीद खान, प्रतिश जिसी र सागर ढकाल नियमित छन् । टोलीमा आकाश चन्द र लोकेश बम थपिएका छन् । आकाश पहिलो पटक टि२०आई टोलीमा परेका हुन् ।

प्रशिक्षक मोन्टि देशाइले दीपेन्द्रसिंह ऐरी, आसिफ शेख, सोमपाल कामी, कुशल मल्ल, अनिल शाह र ललित नारायण राजवंशीलाई विश्राम दिएका छन् ।

नेपालले हङकङमा एक त्रिकोणात्मक सिरिजसहित हङकङसँग टि२०आई खेल्नेछ । मार्च ९ मा नेपाल र हङकङले फ्रेन्डसिप कपको नाममा एक टि२०आई खेल्नेछन् ।

मार्च १० देखि १३ सम्म भने टि२०आई त्रिकोणात्मक सिरिजको खेल हुनेछ । नेपाल र हङकङले मार्च १० मा खेल्दा मार्च १२ मा पिएनजीले नेपाल र हङकङ दुवैसँग खेल्नेछ । मार्च १३ मा फाइनल हुनेछ । लिग तालिकामा तेस्रो हुने टोलीले हङकङ ए सँग टि२० खेल खेल्नेछ ।

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.