2 years ago
March 3, 2024
काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी विश्वकप लिग-२ अन्तर्गत यूएईले घरेलु मैदानमा लगातार दोस्रो हार बेहोरेको छ ।
आइतबार दुबईमा स्कटल्यान्डसँग ८ विकेटले हारेसँगै यूएईले लिग-२ मा बिर्सनलायक सुरुवात गरेको हो । यसअघि क्यानडाले पहिलो खेलमा यूएईलाई ३ विकेटले हराएको थियो ।
यूएई पहिलो ब्याटिङ गर्दै ४५ ओभरमा मात्र १ सय ३२ रन जोड्दै अलआउट भएको थियो । यूएईका लागि आयान अफजल खान ४५ रनमा नटआउट रहे । ओपनर वृत्य अरविन्दले २६ रन जोड्नुबाहेक अन्य ब्याटरले ठूलो स्कोर बनाउन सकेनन् ।
स्कटल्यान्डका लागि ब्राडली करीले ९ ओभरमा मात्र २१ रन खर्चेर ३ विकेट लिए । स्कट करीले २ विकेट लिँदा सफियन सरिफ, मार्क वाट र क्रिस ग्रिभ्सले १-१ विकेट बाँडे ।
जवाफमा स्कटल्यान्डले २३.४ ओभरमा २ विकेट गुमाएर लक्ष्य पूरा गर्यो । ओपनर चार्ली टिअर ५४ रनमा नटआउट रहे । अर्का ओपनर जर्ज मुन्सेले २६ बलमा ४ चौका र ३ छक्कासहित ३७ रनको योगदान दिए । ब्रेन्डन मक्कुलेन ३९ रनमा आउट भएका थिए ।
यस जितसँगै स्कटल्यान्डले लिग-२ को अंक तालिकामा खाता खोलेको छ । यस सिरिजमा लगातार २ जित हासिल गरेको क्यानडा ४ अंकका साथ दोस्रो स्थानमा छ । नामिबिया ३ जितका साथ ६ अंक जोडेर शीर्षस्थानमा रहेको छ । नेदरल्यान्ड्सको ४ तथा स्कटल्यान्ड र नेपालको २-२ अंक छ । यूएई दुवै खेलमा हार्दा ओमान र अमेरिकाले कुनै खेल खेलेका छैनन् ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]