default_image

1 month ago

March 5, 2024

फाइनलमा नेदरल्यान्ड्सलाई नेपालको प्रतिस्पर्धात्मक लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – त्रिकोणात्मक टि२० सिरिजको फाइनलमा नेपालले नेदरल्यान्ड्ससामु १ सय ८५ रनको प्रतिस्पर्धात्मक लक्ष्य प्रस्तुत गरेको छ । टियु क्रिकेट मैदानमा टस जितेर पहिलो ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट १ सय ८४ गुमाएर रन जोड्यो । एक समय विशाल लक्ष्यतर्फ अग्रसर नेपालले बिचमा रनगति बढाउन नसक्दा त्यहाँसम्म पुग्न सकेन । […]

1432 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – त्रिकोणात्मक टि२० सिरिजको फाइनलमा नेपालले नेदरल्यान्ड्ससामु १ सय ८५ रनको प्रतिस्पर्धात्मक लक्ष्य प्रस्तुत गरेको छ ।

टियु क्रिकेट मैदानमा टस जितेर पहिलो ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट १ सय ८४ गुमाएर रन जोड्यो । एक समय विशाल लक्ष्यतर्फ अग्रसर नेपालले बिचमा रनगति बढाउन नसक्दा त्यहाँसम्म पुग्न सकेन । अन्त्यतिर लगातार विकेट गुमाउँदा नेपाल डेथ ओभरमा दबाबमा परेको थियो ।

नेपालका लागि सर्वाधिक योगदान दिएका ओपनर आसिफ शेख अर्धशतकबाट चुके । ४७ रनमा माइकल लेभिटको एलबीडब्लु धरापमा परेका उनले ३७ बलमा १ चौका र ३ छक्का प्रहार गरे । उनी १४ औं ओभरको चौथो बलमा पेभेलियन फर्किएका थिए ।

गुलशन झाले २५ बलमा ३ छक्कासहित ३४ रनको योगदान दिएका थिए । उनी सातौं विकेटको रुपमा १९ औं ओभरमा आउट भएका थिए ।

तेस्रो ओभरको पहिलो बलमा आसिफले २ रनमा रहँदा जीवनदान पाएका थिए । भिभिएन किंग्माको बलमा मिडविकेटमा माइकल लेभिटले सहज क्याच छोडेका थिए । ११ औं ओभरको पाँचौ बलमा पनि आसिफ जोगिए । माइकल लेभिटको बलमा किंग्माले थर्ड म्यानमा क्याच समाउन नसक्दा बल चौका भएको थियो ।

त्यसअघि चौथो ओभरको तेस्रो बलमा कुशल भुर्तेल आउट भए । दोस्रो बलमा छक्का प्रहार गरेपछि तेस्रो बलमा पनि स्टम्प पछाडी सट खेल्ने धुनमा उनी बोल्ड भए । उनले १० बलमा १ चौका र २ छक्कासहित २० रन जोडे ।

दोस्रो विकेटका लागि रोहित र आसिफले ५९ रनको साझेदारी गरे । रोहित दशौं ओभरको दोस्रो बलमा स्कुप सट प्रहार गर्ने धुनमा टप एज लाग्दै विकेटकिपरको हातबाट समातिए । रोहितले १९ बलमा ३ चौका र १ छक्कासहित २५ रन जोडे ।

दीपेन्द्र १ रन जोड्दै टिम भान डर गुग्टेनबाट एलबीडब्लु आउट भए । कुशल मल्ल ११ बलमा ३ छक्कासहित २६ रन जोड्दै लङ अफमा विक्रमजित सिंहको हातबाट समातिए । करण केसीले ४ बलमा १ छक्कासहित ९ रन जोडे ।

आरिफ शेख ठूलो सट खेल्ने धुनमा पहिलो बलमै क्याच आउट भए । एक समय १७ ओभरमा १५८-४ को स्थितिमा रहेको नेपाल लगातार विकेट गुमाउँदा १८.२ ओभरमा १६८-८ को स्थितिमा पुगेको थियो ।

नेपालले टस जितेर पहिलो ब्याटिङ रोजेको थियो । नेपालले आज टोलीमा कुनै परिवर्तन गरेको छैन ।

नेपालको टोली :

कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल, कुशल मल्ल, सोमपाल कामी, करण केसी, गुलशन झा, दीपेन्द्र सिंह ऐरी, प्रतिश जिसी, अभिनाश बोहोरा र आरिफ शेख

नेदरल्यान्ड्सको टोली :

म्याक्स ओ डाउड, स्कट एडवार्ड्स, शारिज अहमद, साइब्रान्ड एंगलब्रेक्ट, फ्रेड कलासेन, भिभिएन किंग्मा, रोलफ भान डर मर्व, माइकल लेभिट, तेजा निदामानुरु, टिम भान डर गुग्टेन, विक्रमजित सिंह

April 15, 2024

आफ्नै कीर्तिमान सुधार्दै हैदराबाद विजयी

एजेन्सी – इन्डियन प्रिमियर लिग (आईपीएल) जारी संस्करणमा नै इतिहासको सर्वाधिक योगफल बनाएर सनराइजर्स हैदराबादले कीर्तिमान सुधारेको छ । मार्च २७ मा मुम्बई इन्डियन्स विरुद्ध २ सय ७७ रन बनाएको हैदराबादले आज रोयल च्यालेन्जर्स बेंगलुरु विरुद्ध २ सय ८७ रन बनाउन सफल भयो । यो संस्करण अघि रोयल च्यालेन्जर्स बंगलुरुले सन् २०१३ मा बनाएको २ […]

April 15, 2024

कुवेतको दोस्रो जित 

मस्कट (हाम्रो खेलकुद) – ओमानमा जारी एसीसी प्रिमियर कपमा कुवेतले दोस्रो जित दर्ता गरेको छ । पहिलो खेलमा युएई विरुद्ध हार बेहोरेको कुवेतले लगातार दोस्रो जित दर्ता गर्ने क्रममा बहराइन माथि २६ रनको जित निकालेको हो । वर्षाका कारण १५ ओभरमा घटाइएको खेलमा १६२ रनको विशाल लक्ष्य पछ्याएको बहराइनले ६ विकेट गुमाउँदै १३५ रन मात्र […]

April 15, 2024

ओमानको युएईविरुद्ध सहज जित

मस्कट (हाम्रो खेलकुद) – ओमनमा जारी एसिसि प्रिमियर कपमा घरेलु टोलीमा ओमानले लगातार तेस्रो जित दर्ता गरेको छ । लगातार तेस्रो जित हासिल गर्ने क्रममा ओमानले युएई माथि ९ विकेटको सानदार जित निकालेको हो । वर्षाका कारण १५ ओभर प्रति टोलीमा घटाइएको खेलमा युएईले दिएको १४३ रनको लक्ष्य ओमानले १२.४ ओभरमै १ विकेट मात्र गुमाएर […]

Success

Thank you for your time.