default_image

11 months ago

March 13, 2024

नेपाल टस जितेर बलिङ गर्दै

472 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – हङकङमा जारी त्रिकोणात्मक टी-२० शृंखलाको फाइनलमा नेपालले पपुवा न्यू गिनी विरुद्ध टस जितेको छ । नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिले फिल्डिङको निर्णय गरेका हुन् ।

नेपाली टोलीमा आज कुनै परिवर्तन गरिएको छैन । हिजो पपुवा न्यू गिनी विरुद्धको जितमा खेलेको प्लेइङ ११ लागि नै निरन्तरता दिइएको छ ।

नेपालले मंगलबार सम्पन्न खेलमा पिएनजीलाई ८५ रनको फराकिलो अन्तरले हराउँदै फाइनलमा स्थान बनाएको थियो । त्यस्तै पिएनजीले हिजो नै भएको दोस्रो खेलमा हङकङमाथि १० विकेटको जित दर्ता गर्दै नेपालसँग फाइनल भेट पक्का गर्यो । नेपाल र हङकङबीच भएको पहिलो खेल भने वर्षाले पूरा हुन नसक्दा अंक बाँडिएको थियो ।

नेपालले पिएनजीविरुद्ध पछिल्लो ४ टि२० खेलमा हार बेहोरेको छैन । सन् २०२२ मा नेपालमा सम्पन्न त्रिकोणात्मक सिरिजमा पनि नेपालले फाइनलमा पिएनजीलाई नै हराएको थियो । उक्त सिरिजमा मलेसिया पनि सहभागी थियो ।

नेपालको प्लेइङ ११:रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, विनोद भण्डारी, सन्दीप जोरा, आरिफ शेख, गुलशन झा, लोकेश बम, विवेक यादव, करण केसी, आकाश चन्द, प्रतिश जिसी

February 8, 2025

कुशलको अलराउण्ड प्रदर्शनमा डडेलधुरा फाइनलमा

काटमाडौं(हाम्रो खेलकुद) – कुशल भुर्तेलको अलराउण्ड प्रदर्शनको सहयोगमा फ्रेन्ड्स युथ क्लब डडेलधुरा धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । पहिलो सेमिफाइनलमा शनिवार न्यु होराइजन बुटवललाई ५ विकेटले हराउँदै डडेलधुरा फाइनल पुगेको गहो । डडेलधुराले उपाधिका लागि सोमवार डिसीए धनगढी र सिवाईसी अत्तरिया मध्ये एक‌सँग फाइनल हुनेछ । ८३ रनको सामान्य […]

February 7, 2025

खुकरी क्लब रुपन्देही सुपर लिगको फाइनलमा

सुमन अधिकारी,बुटवल लुम्बिनी खुकुरी क्लब जारी रुपन्देही सुपरलिग क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । सेमिफाइनल खेलमा शुक्रवार तिरुपति क्रिकेट क्लबलाई ३० रनले पराजित गर्दै खुकुरीले फाइनलको यात्रा तय गरेको हो । भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको खुकुरीले निर्धारित ५० ओभरमा ९ विकेटको नोक्सानीमा २ सय ३४ रनको बलियो योगफल खडा […]

February 7, 2025

अर्जुन ट्रफीको सेमिफाइनल समीकरण पूरा

काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्रिकेट प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । लिग चरणको अन्तिम खेल शुक्रवार सकिएसँगै सेमिफाइनल समीकरण पूरा भएको हो । प्रतियोगिताको सातौं दिन भएको समुह ‘बी’ अन्तर्गत भएको लिग चरणको अन्तिम खेलमा सिवाइसी अत्तरियाले न्यु होराइजन बुटवललाई ७८ रनले हरायो । यो जितसँग अत्तरिया समुह […]

Success

Thank you for your time.