default_image

4 months ago

March 15, 2024

जीतपुरसिमरा क्रिकेट कप सुरु हुँदै

204 views

0 Bookmark

सुनिल गाँउले, सिमरा

प्रथम जीतपुरसिमरा क्रिकेट कप प्रतियोगिता शनिबारदेखि हुँदैछ । जीतपुरसिमरा उपमहानगरपालिका ४ स्थित सेज क्रिकेट मैदानमा सुरु हुने प्रतियोगिताको उद्घाटन खेलमा आयोजक जीतपुरसिमरा क्रिकेट क्लब र पर्सा क्रिकेट संघ भिड्दैछन् ।

राउण्ड रोबिनका आधारमा संचालन हुने प्रतियोगितामा ६ टोलीको सहभागिता रहेको छ । चैत १० गतेसम्म चल्ने प्रतियोगिताका ६ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।

समूह ‘ए’ मा आयोजक, पर्सा क्रिकेट संघ र कलैया क्रिकेट क्लब छन् । समूह ‘बी’ मा जनकपुर पिस फाउण्डेशन, खुकुरी क्रिकेट क्लब भैरहवा र मकवानपुर क्रिकेट संघ छन् । समूह विजेताले उपाधिका प्रतिस्पर्धा गर्नेछन् ।

जीतपुरसिमरा उपमहानगरपालिकाको सहयोगमा पहिलो पटक हुन लागेको प्रतियोगिताको विजेताले १ लाख र दोस्रो टोलीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताको प्लेयर अफ दि सिरिजसहित उत्कृष्ट खेलाडीलाई समेत पुरस्कृत गरिने संयोजक सोमलाल बम्जनले जानकारी दिए ।

क्रिकेट क्षेत्रमा दक्ष खेलाडी उत्पादन गर्ने लक्ष्यसहित आयोजना गर्न लागिएको प्रतियोगिताको उद्घाटन जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेल र उपप्रमुख भोलाप्रसाद अधिकारीले गर्ने बताइएको छ ।

अभियान नेपालको आयोजनामा हुन लागेको प्रतियोगितालाई बारा क्रिकेट संघ, पथलैया क्रिकेट क्लब र सिमरा क्रिकेट क्लबले व्यवस्थापकिय सहयोग गरेका छन् ।

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.