2 years ago
March 19, 2024
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय महिला क्रिकेट टोलीकी पहिलो कप्तान नेरी थापाले अन्तर्राष्ट्रिय र घरेलु दुबै क्रिकेटबाट सन्न्यासको घोषणा गरेकी छिन् ।
१७ वर्ष लामो क्रिकेट यात्रामा साथ दिने आफ्नो परिवारलाई विशेष धन्न्यावाद दिँदै नेरीले सोमबार सामाजिक सञ्जाल फेसबुक मार्फत सन्न्यास लिएको घोषणा गेकी हन्।

‘म आज राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गर्दैछु। क्रिकेट जीवनमा उतार चढाव भएपनि यो १७ वर्ष अविश्वसनीय रह्यो, उनले लेखेकी छिन्, खेल जीवनबाट सन्यास लिएको हुँ सम्झनाबाट हैन ।’
उनले अगाडि भनेकी छन्, मेरो यात्रामा साथ दिने र हौसला बढाउने सबैलाई धन्यवाद दिन्छु। विशेष गरी मेरो परिवारलाई धन्यवाद दिन्छु जसले मलाई यात्रामा सधैं साथ दिनुभयो। मलाई आशा छ यो यात्रा क्रिकेटबाट सन्न्यास हो, तर जीवनबाट होइन।’
नेरीले बाँके जिल्ला क्रिकेट संघ, नेपाल क्रिकेट संघ, लुम्बिनी क्रिकेट प्रदेश संघ र एपिएफलाई धन्यवाद दिएकी छन्।

नेरीको कप्तानीमा नेपालले सन् २००७ मा पहिलो पटक अन्तर्राष्ट्रिय क्रिकेटमा भाग लिएको थियो। उनको कप्तानीमा नेपालले एसीसी वुमन्स प्रतियोगिताको फाइनल पुगेको थियो ।
पछिल्लो समय टोलीमा नरहेकी उनी एपिएफबाट घरेलु क्रिकेट खेल्दैआएकी थिइन्। बाँके नेपालगञ्जकी नेरीले २००७ देखि झन्डै १२ वर्ष राष्ट्रिय टोलीबाट खेलेकी थिइन् ।
२०११ सम्म टोलीको नेतृत्व गरेकी नेरीको कप्तानीमा नेपालले २००८ मा थाईल्यान्डमा एसीसी यू-१९ वुमन्स च्याम्पियनसिप र २०१० मा सिंगापुरमा एसीसी यू-१९ वुमन्स च्याम्पियनसिपको उपाधि जितेको थियो ।

November 10, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज टोली काठमान्डु गोर्खाजले शैक्षीक परामर्श संस्था केआइइसीसंग प्रायोजन सम्झौता गरेको छ । काठमान्डु गोर्खाजले मंसिर १ गते देखि सुरु हुने दोस्रो एनपिएलमा प्रतिस्पर्धा गर्दैछ । केआइइसीले विदेशमा अध्ययन गर्न चाहने र सफल अन्तर्राष्ट्रिय करियर निर्माण गर्न उत्सुक विधार्थीका लागि २० वर्ष देखि शैक्षिक परामर्श दिदै […]
November 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली क्रिकेट समर्थक बीच परिचित प्रशिक्षक पुबुदु दासानायकेले नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो संस्करणमा विराटनगर किङ्सको कमान सम्हाल्ने भएका छन्। पुबुदुकै प्रशिक्षणमा जनकपुर बोल्ट्सले एनपिएलको पहिलो संस्करण जितेको थियो। नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व मुख्य प्रशिक्षक पुबुदुसँग अनुबन्ध भएको विराटनगर किङ्सले जनाएको छ। एसोसिएट क्रिकेटका लागि परिचित पुबुदु अमेरिकी क्रिकेट टोलीको प्रशिक्षक […]
November 9, 2025
धनगढी (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व सदस्य तथा सुदूरपश्चिम रोयल्सका ब्याटर विनोद भण्डारीलाई ब्रेड बक्सले आफ्नो ब्रान्ड एम्बासडर नियुक्त गरेको छ। धनगढी स्थित क्याफेमा आज आयोजित कार्यक्रममा सो घोषणा गरिएको हो। क्याफेले विनोदको लोकप्रियता, खेलकुदमा समर्पण र सुदूरपश्चिमका युवामाझ उनको सकारात्मक प्रभावलाई ब्रान्डको पहिचानसँग जोड्ने उद्देश्य राखेको जनाएको छ। ब्रेड बक्सले आफै स्थानीय […]