2 years ago
March 20, 2024
काठमाडौं (हाम्रो खेलकुद) – आयरल्यान्ड वल्भस विरुद्ध घरेलु मैदानमा दुई टि-२० खेल र भारतमा हुने फ्रेन्डशिप कपको लागि नेपाली क्रिकेट टोलीको घोषणा भएको छ । क्यानले बुधबार १५ सदस्सीय टोलीको घोषणा गरेको हो ।
हङकङमा त्रिकोणात्मक शृंखला खेलेको टोलीमा ५ परिवर्तन गरिएको छ । हङकङ पुगेको टोलीमा रहेका आरिफ शेख, सागर ढकाल, लोकेश बम विनोद भण्डारी र राशिद खान टोलीबाट बाहिरिएका छन् । यस्तै अनिल शाह, कुशल मल्ल, ललित राजवंशी, दीपेन्द्र सिंह ऐरी र आशिफ शेख टोलीमा फर्किएका छन् ।
नेपालले आइरिस टोली विरुद्ध आउँदो चैत्र १२ र १४ गते खेल्दैछ । त्यसपछि टोली बरोदा र गुजरात सम्मिलित त्रिकोणात्मक “फ्रेन्डशिप कप” खेलमा वापी पुग्नेछ ।
चैत्र १८ गते नेपालले गुजरातको सामना गर्नेछ भने चैत्र २० मा नेपाल र बरोडा भिड्नेछन् । यस्तै चैत्र २१ मा पुनः गुजरात विरुद्ध र चैत्र २३ मा बारोडा विरुद्ध खेल्नेछ । फाइनल खेल चैत्र २५ मा हुनेछ ।
नेपाली टोली:
रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, विवेक यादव, सन्दिप जोरा, अनिल शाह, गुलशन झा, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिश जिसी, अभिनाश बोहरा, आकाश चन्द
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]