2 years ago
March 22, 2024
राकेश तिमल्सिना, चितवन
चितवनमा जारी इण्डो नेपाल कप टि-ट्वान्टी च्याम्पियनसिपको शुक्रबार भएका खेलमा पिएसआर लखनउ र सुदुर पश्चिम प्रदेश विजयी भएका छन् ।
लखनउले भरतपुर मेयर्स ११ लाई ८६ रन तथा सुदुर पश्चिमले मधेश प्रदेशलाई ४७ रनले पराजित गर्यो। प्रतियोगिता यो दुवै टोलीको पहिलो जित रहेको छ ।
निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको लखनउले निर्धारित २० ओभरमा विष्फोटक ब्याटिङ गर्दै ९ विकेट गुमाएर २ सय ११ रनको विशाल योगफल तयार पार्यो ।
२३ रन जोड्दा सुरुआती २ विकेट गुमाएको लखनउका लागि ओपनर सहिम हसन र मध्यक्रममा निखिल राओले इनिङ्स सम्हालेका थिए ।
२९ बल खेल्दै ५ छक्का र ७ चौकासहित निखिलले ६९ रन बनाए । ४१ बलमा १ छ्क्का र ७ चौका प्रहार गरेका सहिमले ५५ रन जोडे । त्यसबाहेक पनि मध्यक्रममा समिर अन्सारीले २४ तथा मोहम्मद सरिम र जयदिप सिंहले समान १८ रन जोड्दै लखनउको आक्रामक ब्याटिङलाई निरन्तरता दिए ।
बलिङमा भरतपुरका नरेश प्रधानले ५, दिपेश श्रेष्ठले २ तथा गौतम केसी र सौगात ढकालले समान १ विकेट लिए ।
२ सय १२ रनको विशाल लक्ष्य पछ्याएको भरतपुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउदै १ सय २५ रनमा मात्र बनाउन सक्यो। भरतपुरका लागि कप्तान दिपेश श्रेष्ठले सर्वाधिक ३२ रनमा नटआउट रहे ।
ओपनर रोशन झाले ३१ तथा विकल कुमार गुप्ताले मध्यक्रममा २० रन बनाए । अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
बलिङमा लखनउका कार्तिक यादव, मोहम्मद सरिम र प्रिन्स शाहीले समान २ तथा शुभम चौधरी र अर्पित शुक्लाले १/१ विकेट लिए । अर्धशतकीय पारी खेलेका निखिल राओ खेलको प्लेयर अफ द म्याच भए ।
यस्तै अर्को खेलमा १ सय ८४ रनको विशाल लक्ष्यसहित ब्याटिङ थालेको मधेश प्रधेश निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ३६ रनमा समेटियो ।
मधेशका लागि ओपनर साहिल पटेल २५ रन जोड्दा नरेन साउदको बलमा एलबीडब्लु धरापमा परे । अर्का ओपनर रोहन विश्वकर्मा २३ रन बनाउदा भोजराज भट्टको बलमा नरेन साउदद्वारा समातिए ।
मध्यक्रममा निरज यादवले २४ रन जोडे । बलिङमा दिपक बोहोराले ३, भोजराज भट्ट र युवराज खत्रीले समान २ तथा नरेन साउद र वसन्त कार्कीले १/१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको सुदुर पश्चिमले निर्धारित २० ओभरमा ६ विकेट गुमाउदै १ सय ८३ रनको विशाल योगफल बनायो ।
२७ बल खेल्दै वसन्त कार्कीले २ छक्का र ३ चौकाको मद्धतमा सर्वाधिक ४७ रन बनाए । २४ बलमा टेक राउतले ३ छक्का र १ चौका प्रहार गर्दै ३४ रन जोडे । वसन्त खत्रीले नटआउट १५ रन बनाए ।
बलिङमा प्रदीप पासवानले २ तथा प्रतिव यादव, भुल्वन सहनी, अरनिको यादव र अभिषेक तिवारीले समान १ विकेट लिए । ब्याटिङमा २७ रन जोड्दै बलिङमा ३ विकेट लिएर अलराउण्ड प्रर्दशन गरेका दिपक बोहोरा खेलको प्लेयर अफ द म्याच बने ।
प्रतियोगितामा शनिबार पहिलो खेलमा पिएसआर लखनउ र बागमती प्रदेश तथा दोस्रो खेलमा मधेश प्रदेश र तलातला कोलकताको प्रतिस्पर्धा हुनेछ ।
भारतको २ सहित ६ टोलीको सहभागिता रहेको प्रतियोगिता चैत १७ गते सम्पन्न हुनेछ । प्रतियोगिताको कमर्सियल पार्टनरका रुपमा जोहरा स्पोर्ट्स रहेको छ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]