default_image

1 year ago

March 24, 2024

गुजरातद्वारा मुम्बई पराजित

6790 views

0 Bookmark

एजेन्सी – इंडियन प्रिमियर लिग (आईपिएल) को १७औं संस्करण अन्तर्गतको आफ्नो पहिलो खेलमा गुजरात टाईटन्स ले मुम्बई इण्डियन्स माथि जित हात पारेको छ । गुजरातले ६ रनको रोमाञ्चक जित दर्ता गरेको हो ।

गुजरातले दिएको १६९ रनको लक्ष्य पछ्याएको मुम्बईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १६२ रन मात्र बनाउन सक्यो ।

अन्तिम ओभरमा मुम्बईलाई जितका लागि १९ रनको आवश्यकता रहेको थियो । सो अवस्थामा मुम्बईका कप्तान हार्दिक पन्ड्याले पहिलो दुई बलमा छक्का र चौका प्रहार गरे ।

तर त्यसपछिको लगातार दुई बलमा उमेश यादवले हार्दिक र पियुस चावलालाई आउट गरे । त्यसपछि बाँकी दुई बलमा ९ रन चाहिएकोमा मुम्बईले १-१ रन मात्र जोड्न सक्यो ।

मुम्बईका लागि डेवाल्ड ब्रेभिसले ३८ बलमा सर्वाधिक ४६ रन बनाए । यस्तै ओपनर रोहित शर्माले २९ बलमा ४३ रन प्रहार गरे । तिलक बर्माले २५ तथा नमन धिरले २० रनको योगदान दिए ।

गुजरातका लागि स्पेन्सर जोन्सन, मोहित शर्मा र अजमतुल्लाह ओमारजाईले समान २-२ विकेट लिए । यस्तै साई किशोरले १ विकेट लिए ।

त्यसअघि अहमदाबादमा टस हारेर ब्याटिङको निम्तो पाएको गुजरातले २० ओभरमा ६ विकेट गुमाएर १६८ रन बनायो । गुजरातका लागि साई सुदर्शनले ३९ बलमा सर्वाधिक ४५ रन बनाए ।

यस्तै पहिलो पटक कप्तानी गरिरहेका शुभमन गिलले २२ बलमा ३१ रन जोडे । राहुल तेवातियाले २२ तथा रिद्धिमान शाहले १९ रन बनाए । मुम्बईका जस्पृत बुम्राहले ३ विकेट लिए । यस्तै जेराल्ड कोट्जीले २ तथा पियुस चावलाले १ विकेट लिए ।

यसअघि आज भएको पहिलो खेलमा राजस्थान रोयल्सले लखनऊ सुपर जाएन्ट्स माथि २० रनको जित निकाल्यो । आईपिएलमा भोलि हुने खेलमा पंजाब किंग र रोयल च्यालेन्जर्स बेंगलूरु भिड्ने छन् ।

July 10, 2025

श्रीलंकासँग बंगलादेश पराजित

एजेन्सी – घरेलु टोली श्रीलंकाले पहिलो टि ट्वान्टी आईमा बंगलादेशलाई ७ पराजित गरेको छ । शजको खेल जितेपछि घरेलु टोलीले ३ टि ट्वान्टी आईको सिरिजमा १-० को अग्रता बनाएको छ । १ सय ५५ रनको लक्ष्य श्रीलंकाले १९ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । श्रीलंकाको जितमा कुशल मेन्डिसले अर्धशतकीय इनिङ खेले । कुशलले ५१ […]

July 10, 2025

सन्दीप डेनिम एण्ड डेभिलको ब्राण्ड एम्बासडर

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछाने डेनिम एण्ड डेभिलको ब्राण्ड एम्बासडर नियुक्त भएका छन् । क्लोथिङ ब्राण्ड डेनिम एण्ड डेभिलका तर्फबाट सिइओ धनश्याम काफ्ले र सन्दीपले बिहीवार सम्झौता पत्रमा हस्ताक्षर गरे । सम्झौता अवधी ३ वर्षको रहेको सिइओ काफ्लेले जानकारी दिए । सम्झौताको आर्थिक पाटो भने दुवै पक्षले खुलाएको […]

July 10, 2025

देसाइ काठमाडौंको मुख्य प्रशिक्षकमा नियुक्त

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व मुख्य प्रशिक्षक मोन्टी देसाइ काठमाडौं गोर्खाजको प्रशिक्षकमा नियुक्त भएका छन् । नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणको लागि काठमाडौंले देसाइलाई मुख्य प्रशिक्षकको रुपमा नियुक्त गरेको आफ्नो सामाजिक संजालमार्फत जनाएको छ । एनपिएलको पहिलो संस्करणमा बसन्त शाही ठकुरी काठमाडौंको प्रमुख प्रशिक्षक थिए । काठमाडौंका नवनियुक्त मुख्य […]

Success

Thank you for your time.