default_image

4 months ago

March 25, 2024

नेपाललाई आयरल्यान्ड वल्भसविरुद्ध सामान्य लक्ष्य   

1808 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – आयरल्यान्ड वल्भसविरुद्ध दुई टी-२० शृंखला अन्तर्गतको पहिलो खेलमा नेपालले सामान्य लक्ष्य पाएको छ । टस जितेर पहिले ब्याटिङ गरेको आइरिश टोलीले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १२१ रन बनाउन सक्यो ।  

आयरल्यान्डका लागि ओपनर स्टेफन डोहनीले ३९ बलमा ४ चौका र २ छक्कासहित सर्वाधिक ४६ रन बनाए । तर अन्य ब्याटर भने चल्न सकेनन् ।   

करण केसीले पहिलो ओभरको दोस्रो बलमा नै रस अडेयरलाई बोल्ड गरेका थिए । पहिलो बलमा चौका पर्हार गरेका उनी आउट भएका थिए । चौथो ओभरको अन्तिम बलमा केड कार्मिकाएल ललित राजवंशीको बलिङमा १२ बलमा ८ रन बनाएर एलबिडब्लुमा फसे ।

मोर्गन टपिङ सातौ ओभरको दोस्रो बलमा गुल्शन झाको बलमा शुन्यमा बोल्ड भए । कप्तान निल रकलाई पनि गुलशनले नै ५ रनमा क्याच आउट गराए ।

ग्यारेथ डीलेनि ४ रन बनाएर ११औ ओभरमा कुशल मल्लको शिकार बने । त्यसपछि आउट हुने डोहनी थिए । उनी कुशल भुर्तेलको बलमा दिपेन्द्र सिंह ऐरिद्वारा क्याच आउट भएका थिए । फियोन ह्याण्ड पनि १७ बल खेल्दै ११ रन बनाएर कुशल भुर्तेलकै शिकार बने ।

लियम मकार्थी ललितको बलमा १६ रन बनाएर आउट भए । उनले ७ बल खेलेर २ चौका र १ छक्का एलबिडब्लु आउट भए । थोमस मेयस १३ बलमा १६ रन बनाएर १९औ ओभरमा रन आउट भए । इनिङको अन्तिम बलमा म्याथिउ हमफ्रिज ६ रन बनाएको अवस्थामा रन आउट भए भन ११ नम्बरका ब्याटर बेन व्हाइट शुन्यमा अविजित रहे । 

नेपालका लागि ललित राजवंशी, गुलशन झा तथा कुशल भुर्तेलले समान २-२ विकेट लिए । यस्तै करण केसी र कुशल मल्लले १-१ विकेट लिए । नेपालले ८ बलरको प्रयोग गरेको थियो । जसमध्य सोमपाल कामी, दिपेन्द्र सिंह ऐरि र अविनाश बोहराले कुनै विकेट लिन सकेनन् ।

आयरल्यान्ड वल्भसविरुद्ध नेपालका लागि १५ जनाको स्क्वाड मध्य आकाश चन्द, प्रतिश जिसी, अनिल शाह, विवेक यादव बाहिर रहेका छन् । सिनियर टोली २ खेलको सिरिज खेल्दा त्यसपछि भने नेपाल ‘ए’ को खेल तालिका रहेको छ । नेपाल भोलि अर्को खेल खेलेपछि बरोडा र गुजरात सम्मिलित त्रिकोणात्मक ‘फ्रेन्डसीप कप’ खेल्न भारतको गुजरातस्थित वापी पुग्नेछ ।

नेपाली टोली:

रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, सन्दिप जोरा, गुलशन झा, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, सोमपाल कामी, अभिनाश बोहरा, 

बेन्च: आकाश चन्द, प्रतिश जिसी, अनिल शाह, विवेक यादव 

आयरल्यान्डको टोली :

निल रक (कप्तान), रस अडेर, केड कारमाइकल, ग्यारेथ डेल्नी, स्टेफन डोहेनी, फिओन ह्यान्ड, म्याथ्यु हम्फ्रिज, टम मेयस, लियाम मकार्थी, मोर्गन टपिङ, बेन व्हाइट

बेन्च: म्याथ्यु फोस्टर, ग्याभिन होए, जेम्स मक्कोलम, पिजे मुर

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.