2 years ago
March 28, 2024
काठमाडौं (हाम्रो खेलकुद) – टियु क्रिकेट मैदानमा पाहुना टोली आयरल्यान्ड वल्भस र नेपाल ‘ए’ बीच आजदेखि सुरु हुन लागेको तीन खेलको टि-२० शृंखला अन्तर्गतको पहिलो खेल रद्द भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले वर्षाका कारण मैदान भिजेको हुनाले खेल रद्द भएको जानकारी दिएको छ ।
आइरिश टोलीले नेपाल ‘ए’ विरुद्ध ३ टि-२० र ३ एक दिवसीय शृंखला खेल्ने तालिका रहेको छ । तर आजको खेल प्रभावित भएपछि क्यानले तालिका बदल्ने संकेत समेत गरेको छ ।
वल्भसले नेपाली सिनियर टोली विरुद्ध २ टि-२० को शृंखला २-० ले नै गुमाएको थियो । पहिलो खेलमा ६ विकेटले पराजित वल्भस दोस्रो खेलमा ७१ रनको ठूलो अन्तरले पराजित भएको थियो ।
वल्भस नेपाल भ्रमण गर्ने पहिलो आइरिश टोली समेत हो । यसअघि आयरल्यान्डको कुनै पनि टोलीले नेपालको भ्रमण गरेको छैन ।
यस्तै दुई खेलको शृंखला जितेको सिनियर टोलीको भने आज भारतको गुजरातमा हुने फ्रेन्डशिप कपको लागि विदाई भएको छ । टोलीले भारतमा गुजरात र बरोडा सम्मिलित त्रिकोणात्मक टि-२० शृंखला खेल्ने छ । नेपालको पहिलो खेल ३१ मार्चमा गुजरात विरुद्ध रहनेछ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]