2 years ago
March 30, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ‘ए’ ले आयरल्यान्ड वल्भ्सविरुद्ध जारी टि२० सिरिजको दोस्रो खेल आज खेल्दैछ । खेल दिउँसो १ बजे टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुनेछ ।
शुक्रबार भएको पहिलो खेलमा नेपाल २१ रनले पराजित भएको थियो । जितका लागि २ सय २३ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल २ सय १ रनमा समेटिएको थियो । एक समय सहजै जिततर्फ उन्मुख नेपाली टोली राम्रो फिनिसिङ नहुँदा हार बेहोर्न पुगेको थियो । लोकेश बमको शतक र आरिफ शेखको जिम्मेवारी इनिङले नेपाल बलियो स्थितिमा पुगेको थियो ।
आज टोलीमा केही परिवर्तन गर्ने सम्भावना छ । अलराउन्डर पवन सर्राफ र नारायण जोशीले आज अवसर पाउन सक्छन् । यता आयरल्यान्डले पनि स्पिनर बेन ह्वाइटलाई उतार्न सक्छ ।
आजको खेल जिते वल्भ्सले सिरिज जित्नेछ । शनिबार भएका कारण घरेलु समर्थकको बाक्लो उपस्थिति रहने अपेक्षा गरिएको छ ।

नेपाल ‘ए’ टि२० टोली : विनोद भण्डारी (कप्तान), लोकेश बम, देव खनाल, पवन सर्राफ, किरण ठगुन्ना, आरिफ शेख, अर्जुन घर्ती, नारायण जोशी, बसिर अहमद, राशिद खान, सागर ढकाल, विपिन खत्री, कमल सिंह ऐरी, हेमन्त धामी, विकास आग्री
आयरल्यान्डको टोली :
निल रक (कप्तान), रस अडेर, केड कारमाइकल, ग्यारेथ डेल्नी, स्टेफन डोहेनी, म्याथ्यु फोस्टर, फिओन ह्यान्ड, ग्याभिन होए, म्याथ्यु हम्फ्रिज, टम मेयस, लियाम मकार्थी, जेम्स मक्कोलम, पिजे मुर, मोर्गन टपिङ, बेन व्हाइट
प्रशिक्षक : रायन इगल्सन
सहायक प्रशिक्षक : पिट जोन्सन, क्रिस ब्राउन
आयरल्यान्ड ‘ए’ को नेपाल भ्रमण (मार्च २४-अप्रिल७)
मार्च २४ – टि२० – नेपाल विरुद्ध आयरल्यान्ड वल्भ्स – नेपाल ६ विकेटले विजयी
मार्च २५ – टि२० – नेपाल विरुद्ध आयरल्यान्ड वल्भ्स – नेपाल ७१ रनले विजयी
मार्च २९ – टि२० – नेपाल ‘ए’ विरुद्ध आयरल्यान्ड वल्भ्स – वल्भ्स २१ रनले विजयी
मार्च ३० – टि२० – नेपाल ‘ए’ विरुद्ध आयरल्यान्ड वल्भ्स
अप्रिल १ – टि२० – नेपाल ‘ए’ विरुद्ध आयरल्यान्ड वल्भ्स
अप्रिल ३ – एकदिवसीय – नेपाल ‘ए’ विरुद्ध आयरल्यान्ड वल्भ्स
अप्रिल ५ – एकदिवसीय – नेपाल ‘ए’ विरुद्ध आयरल्यान्ड वल्भ्स
अप्रिल ७ – एकदिवसीय – नेपाल ‘ए’ विरुद्ध आयरल्यान्ड वल्भ्स
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]