default_image

2 years ago

March 31, 2024

लखनऊद्वारा पञ्जाब पराजित

1149 views

0 Bookmark

एजेन्सी – इंडियन प्रिमियर लिग अन्तर्गत शनिबार भएको एकमात्र खेलमा लखनऊ सुपर जाएन्ट्स विजयी भएको छ । लखनऊले पञ्जाब किंग विरुद्ध २१ रनको जित हासिल गर्न सफल भएको हो ।

२०० रनको विशाल लक्ष्य पछ्याएको पञ्जावले २० ओभरमा ५ विकेट गुमाएर १७८ रन मात्र बनाउन सक्यो । पञ्जाबका लागि शिखर धवनले ५० बलमा ७ चौका र ३ छक्का सहित सर्वाधिक ७० रन बनाए ।

ओपनर जोनी बेयरस्टोले २९ बल खेल्दै ४२ रन जोडे । यस्तै लियम लिभिङस्टोनले १७ बलमा २८ रन बनाए । अन्य ब्याटरले सम्झनलायक प्रदर्शन गरेनन् ।

लखनऊका लागि मयंक यादवले डेब्युमा ३ विकेट लिन सफल भए भने मोहसिन खानले २ विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको। लखनऊले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १९९ रन जोड्यो । ओपनर क्वीन्टन डीककले ३८ बलमा सर्वाधिक ५४ रन जोडे ।

यस्तै क्रुनल पण्ड्याले ४३ तथा आज कप्तानी गरेका निकोलस पुरनले ४२ रन बनाए ।

पञ्जाबका स्याम करनले ३ अर्ष्दिप सिंहले २ तथा कागिशो रबाडा र राहुल चहरले १-१ विकेट लिए ।

लखनऊको यो दोस्रो खेलमा पहिलो जित हो । पञ्जाब भने ३ खेलमा १ जित निकाल्ने सफल रहेको छ ।

आईपिएलमा आईतवार दुई खेल हुँदै छन् । दिनको ३:४५ बजे हुने खेलमा गुजरात टाईटन्स र सनराईजर्स हैदराबाद भिड्ने छन् भने दिनको दोस्रो खेलमा साँझ ७:४५ बजे दिल्ली क्यापिटल्स र चेन्नाई सुपर किंग्स भिड्ने छन् ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.