default_image

2 years ago

March 31, 2024

चेन्नईलाई हराउँदै दिल्लीले दर्ता गर्यो पहिलो जित

4307 views

0 Bookmark

एजेन्सी – दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा पहिलो जित दर्ता गर्ने क्रममा चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ ।

विशाखापटनममा शनिबार भएको खेलमा दिल्लीले चेन्नईलाई २० रनले हरायो । जितका लागि दिल्लीले प्रस्तुत गरेको १ सय ९२ रनको लक्ष्य पछ्याउने क्रममा चेन्नईले २० ओभरमा १ सय ७१ रन मात्र जोड्न सक्यो । सुरुवाती दुवै खेल जितेको चेन्नईले भने सिजनको पहिलो हार बेहोर्यो ।

दुवै ओपनरलाई तेस्रो ओभरभित्र गुमाएको चेन्नई त्यसपछि खेलमा फर्कन सकेन । कप्तान रुतुराज गैक्वाद र रचिन रविन्द्र दुवै खलिल अहमदको बलमा क्याच आउट हुँदा चेन्नई ७-२ को स्थितिमा पुगेको थियो ।

तेस्रो विकेटका लागि अजिंक्या रहाने र डेरील मिचेलले ६८ रनको साझेदारी गरे । मिचेल २६ बलमा ३४ रन जोड्दै आउट भए । १ चौका र २ छक्का प्रहार गरेका उनी अक्षर पटेलकै बलमा क्याच फिर्ता दिएर आउट भए ।

रहाने ३० बलमा ५ चौका र २ छक्कासहित ४५ रन जोडेर पेभेलियन फर्किए । शिवम दुवेले १७ बलमा १८ रन जोड्दा युवा ब्याटर समिर रिज्भी पहिलो बलमै आउट भए । तीनै विकेट मुकेश कुमारको नाममा रह्यो ।

धोनी र जडेजाले अन्त्यतिर आवश्यकता अनुसार आक्रामक ब्याटिङ गर्न नसक्दा चेन्नई सिजनको पहिलो हार बेहोर्न पुग्यो । धोनी १६ बलमा ३७ रन जोड्दै क्रिजमा रहे । ४ चौका र ३ छक्का प्रहार गरेका उनले अन्तिम ओभरमा मात्र २० रन प्रहार गरेका थिए । जडेजा १७ बलमा २१ रन जोड्दै नटआउट रहे ।

त्यसअघि कप्तान ऋषभ पन्त र ओपनर डेविड वार्नरको अर्धशतकमा दिल्लीले २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ९१ रन बनाएको थियो । वार्नर र पृथ्वी शाले पहिलो विकेटका लागि ९३ रनको साझेदारी गर्दै बलियो सुरुवात दिलाए ।

दशौं ओभरमा कट बिहाइन्ड हुनुअघि शाले २७ बलमा ४ चौका र २ छक्कासहित ४३ रन जोडे । वार्नर अर्को ओभरमा मुस्ताफिजुर रहमानको शिकार बने । उनले ३५ बलमा ५२ रन जोड्ने क्रममा ५ चौका र ३ छक्का प्रहार गरे ।

ऋषभले त्यसपछि संयमित ब्याटिङ गर्दै अन्तिम ओभरतिर रन गति बढाए । उनी १९ औं ओभरमा क्याच आउट भए । ३२ बलमा ४ चौका र ३ छक्का प्रहार गरेका पन्तले ५१ रन जोडे । मिचेल मार्श १८, अक्षर पटेल ७ र अभिषेक पोरेलले ९ रन जोडे । चेन्नईका मथिसा पथिरानाले ३ तथा रविन्द्र जडेजा र रहमानले १-१ विकेट लिए ।

यससँगै चेन्नईको ३ खेलमा ४ अंक छ भने दिल्लीको ३ खेलमा २ अंक भएको छ । अब आइपिएलमा मुम्बईले मात्र जित दर्ता गर्न बाँकी छ । सोमबार मुम्बई र राजस्थान खेल्नेछन् ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.