7 months ago
April 1, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ‘ए’ ले आयरल्यान्ड वल्भ्सविरुद्ध जारी टि२० सिरिजको तेस्रो तथा अन्तिम खेलमा टस हारेको छ ।
टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयरल्यान्ड वल्भ्सका कप्तान निल रकले टस जितेर फिल्ड गर्ने निर्णय लिएका हुन् । नेपालले आज टोलीमा एक परिवर्तन गरेको छ ।
पछिल्लो खेलबाट किरण ठगुन्नाको स्थानमा नारायण जोशी टोलीमा आएका छन् । आयरल्यान्डले भने टोलीमा ४ परिवर्तन गरेको छ ।
आयरल्यान्ड वल्भ्सले सिरिज २-० ले जितिसकेको छ । शुक्रबार भएको पहिलो खेलमा नेपाल २१ रनले पराजित भएको थियो । शनिबार दोस्रो खेलमा ४० रनको जित दर्ता गर्दै वल्भ्सले सिरिज आफ्नो पक्षमा पारिसकेको छ । आज नेपाली टोली सिरिज ह्वाइटवास बचाउने लक्ष्यमा हुनेछ ।
दुवै खेलमा नेपाल ‘ए’ ले टस जितेर पहिलो फिल्ड गर्ने निर्णय लिएको छ । वल्भ्सले दुवै खेलमा सुरुवाती ब्याटिङ गर्दै २ सय २२ रनको विशाल आँकडा पार गरेको छ । नेपालले भने दुवै खेलमा प्रतिस्पर्धात्मक हार बेहोरेको हो ।
नेपाल ‘ए’ टि२० टोली : विनोद भण्डारी (कप्तान), लोकेश बम, देव खनाल, पवन सर्राफ, आरिफ शेख, नारायण जोशी, बसिर अहमद, राशिद खान, सागर ढकाल, विपिन खत्री, कमल सिंह ऐरी,
बेन्च : हेमन्त धामी, विकास आग्री, किरण ठगुन्ना, अर्जुन घर्ती
आयरल्यान्डको टोली :
निल रक (कप्तान), रस अडेर, ग्यारेथ डेल्नी, म्याथ्यु फोस्टर, फिओन ह्यान्ड, ग्याभिन होए, म्याथ्यु हम्फ्रिज, लियाम मकार्थी, जेम्स मक्कोलम, पिजे मुर, मोर्गन टपिङ,
बेन्च : बेन व्हाइट, टम मेयस, केड कारमाइकल, स्टेफन डोहेनी
November 3, 2024
काठमाडौं(हाम्रो खेलकुद) – हङकङमा जारी सिक्सेसमा युएईसँग नेपाललाई पराजित भएको छ । हङकङमा भएको प्लेट सेमिफाइनल खेलमा नेपाल युएईसँग ५ विकेटले पराजित भएको हो । नेपालले दिएको ९५ रनको लक्ष्य युएईले ५.२ ओभरमा १ विकेट गुमाएर पूरा गर्यो । युएईका लागि आसिफ खानले १५ बलमा ३ चौका र ७ छक्काको सहयोगमा नट आउट ५५ रन […]
November 3, 2024
डालस (हाम्रो खेलकुद) – तीव्र गतिका बलर गुलशन झा ओडीआईमा नेपालबाट एकै खेलमा सर्वाधिक रन खर्चिने बलर बनेका छन् । शनिवार राति आईसीसी विश्वकप लिग-२ मा घरेलु टोली अमेरिकाविरुद्ध ८७ रन खर्चिदा गुलशनको नाममा यो कीर्तिमान बनेको हो । उनले अमेरिकाविरुद्ध १० ओभरमा ८७ रन खर्चेर ३ विकेट लिएका थिए । गुलशन अघि नेपालबाट ओडीआईमा […]
November 3, 2024
डालस, (हाम्रो खेलकुद) – नेपाल आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिजमा अमेरिकासँग ३७ रनले पराजित भएको छ । यसअघि पहिलो खेलमा नेपाल अमेरिकासँग ३ विकेटले पराजित भएको थियो । जित्नलाई २ सय ८२ रनको लक्ष्य पछ्याएको नेपाल ४९.५ ओभरमा २ सय ४४ रनमा अल आउट भयो । ओपनर अनिल साहले ८० बलमा ४ चौका र […]