default_image

2 weeks ago

April 1, 2024

आरिफको अर्धशतकमा नेपाल ‘ए’ को बलियो योगफल

काठमाडौं (हाम्रो खेलकुद) – मध्यक्रमका ब्याटर आरिफ शेखको अर्धशतकमा नेपाल ‘ए’ ले तेस्रो टि२० खेलमा आयरल्यान्ड वल्भ्सलाई २ सय १४ रनको बलियो लक्ष्य दिएको छ । टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पहिलो ब्याटिङको निम्तो पाएको नेपाल ‘ए’ ले २० ओभरमा ७ विकेट गुमाएर २ सय १३ रन जोड्यो । नेपालका लागि आरिफ शेखले नटआउट ९३ रनको […]

5995 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – मध्यक्रमका ब्याटर आरिफ शेखको अर्धशतकमा नेपाल ‘ए’ ले तेस्रो टि२० खेलमा आयरल्यान्ड वल्भ्सलाई २ सय १४ रनको बलियो लक्ष्य दिएको छ ।

टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पहिलो ब्याटिङको निम्तो पाएको नेपाल ‘ए’ ले २० ओभरमा ७ विकेट गुमाएर २ सय १३ रन जोड्यो । नेपालका लागि आरिफ शेखले नटआउट ९३ रनको योगदान दिए । उनले ४८ बलमा ७ चौका र ६ छक्का प्रहार गरेका थिए ।

आरिफ ३३-३ को स्थितिमा क्रिजमा आएर अन्त्यसम्म डटेर खेले । उनले मध्यक्रममा बसिर अहमदसँग साझेदारी गर्दै बलियो योगफलसम्म पुग्न आधार तयार गरे । अन्त्यतिर राशिद र कमल सिंह ऐरीसँग उनले आक्रामक साझेदारी गरे ।

ओपनर देव खनाल (६) दोस्रो ओभरमा ६ रन जोड्दै कट बिहाइन्ड भए । त्यसको २ बल पछि अर्का ओपनर लोकेश बम (८) पनि विकेटकिपरको हातबाट समातिए । कप्तान विनोद भण्डारी ११ रन जोड्दै पाँचौ ओभरमा आउट भएपछि नेपाल ३३-३ को स्थितिमा पुग्यो ।

बसिर र आरिफले चौथो विकेटका लागि ५७ रनको साझेदारी गरे । ११ औं ओभरमा बसिर १९ रन जोड्दै एलबीडब्लु आउट भए । पवन सर्राफले १२ बलमा १३ रन जोडे । लगत्तै नारायण जोशी १ रन जोड्दै नन स्ट्राइक एन्डमा रनआउट हुन पुगे ।

राशिद खानले १३ बलमा ३ छक्कासहित २४ रन जोडे । बाउन्ड्रीनजिक क्याच आउट हुनुअघि उनले आरिफसँग ४६ रनको साझेदारी गरे । त्यसपछि कमलसिंह ऐरीले ७ बलमा २ चौका र १ छक्कासहित नटआउट १९ रन बनाए ।

फिओन ह्यान्डले २ विकेट लिँदा लियाम मकार्थी, म्याथ्यु फोस्टर, ग्यारेथ डेलनी र ग्याभिन होएले १-१ विकेट हात पारे ।

पछिल्लो खेलबाट किरण ठगुन्नाको स्थानमा नारायण जोशी टोलीमा आएका छन् । आयरल्यान्डले भने टोलीमा ४ परिवर्तन गरेको छ ।

आयरल्यान्ड वल्भ्सले सिरिज २-० ले जितिसकेको छ । शुक्रबार भएको पहिलो खेलमा नेपाल २१ रनले पराजित भएको थियो । शनिबार दोस्रो खेलमा ४० रनको जित दर्ता गर्दै वल्भ्सले सिरिज आफ्नो पक्षमा पारिसकेको छ । आज नेपाली टोली सिरिज ह्वाइटवास बचाउने लक्ष्यमा हुनेछ ।

दुवै खेलमा नेपाल ‘ए’ ले टस जितेर पहिलो फिल्ड गर्ने निर्णय लिएको छ । वल्भ्सले दुवै खेलमा सुरुवाती ब्याटिङ गर्दै २ सय २२ रनको विशाल आँकडा पार गरेको छ । नेपालले भने दुवै खेलमा प्रतिस्पर्धात्मक हार बेहोरेको हो ।

नेपाल ‘ए’ टि२० टोली : विनोद भण्डारी (कप्तान), लोकेश बम, देव खनाल, पवन सर्राफ, आरिफ शेख, नारायण जोशी, बसिर अहमद, राशिद खान, सागर ढकाल, विपिन खत्री, कमल सिंह ऐरी,

बेन्च : हेमन्त धामी, विकास आग्री, किरण ठगुन्ना, अर्जुन घर्ती

आयरल्यान्डको टोली :

निल रक (कप्तान), रस अडेर, ग्यारेथ डेल्नी, म्याथ्यु फोस्टर, फिओन ह्यान्ड, ग्याभिन होए, म्याथ्यु हम्फ्रिज, लियाम मकार्थी, जेम्स मक्कोलम, पिजे मुर, मोर्गन टपिङ,

बेन्च : बेन व्हाइट, टम मेयस, केड कारमाइकल, स्टेफन डोहेनी

April 18, 2024

गण्डकीलाई पहिलो सफलता

काठमाडौं (हाम्रो खेलकुद) – विपिन खत्रीको उत्कृष्ट बलिङमा मधेश प्रदेशलाई ८ विकेटले हराउँदै गण्डकी प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसिपमापहिलो जित दर्ता गरेको छ। लगातार २ हारपछि पहिलो जित निकाल्ने क्रममा गण्डकीका अर्जुन कुमालले नटआउट ४९ रन बनाए।माथिल्लो मुलपानी मैदानमा जितको लागि १ सय ३ रनको लक्ष्य गण्डकीले १६.३ ओभरमा २ विकेटको नोक्सानीमा पुरा […]

April 18, 2024

कर्णालीमाथि लुम्बीनीको सहज जित

काठमाडौं (हाम्रो खेलकुद) – वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसिप बिहीबार भएको कम योगफलको खेलमा लुम्बिनी प्रदेशले कर्णाली प्रदेशलाई ७ विकेटले सहजै हराएको छ। लुम्बिनीको जितमा कप्तान देव खनालले अर्धशतक बनाए। लुम्बीनीको यो दोस्रो जित हो। ८२ रनको सहज लक्ष्य लुम्बिनीले १२.२ ओभरमा मात्र ३ विकेटको नोक्सानीमा पुरा गर्यो। कप्तान देवले उत्कृष्ट ब्याटिङ गरे। उनले […]

April 17, 2024

आइपिएलमा दिल्लीसँग गुजरातको हार

एजेन्सी – दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा तेस्रो जित हासिल गरेको छ । दिल्लीले बुधबार गुजरात टाइटेन्सलाई ६ विकेटले हराएको छ । टस जितेर फिल्डिङ रोज्ने दिल्लीको निर्णय सहि साबित भएको थियो । ९० रनको सामान्य लक्ष्य पछ्याएको दिल्लीले ६७ बल बाँकी रहँदा ४ विकेट गुमाएर ९२ रन बनाएको थियो । दिल्लीका लागि […]

Success

Thank you for your time.