2 years ago
April 1, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ‘ए’ ले आयरल्यान्ड वल्भ्सविरुद्ध जारी टि२० सिरिजको तेस्रो खेलमा रोमान्चक जित दर्ता गरेको छ ।
टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सोमबार नेपाल ए ले ३ रनको जित दर्ता गरेको हो । नेपालले प्रस्तुत गरेको २ सय १४ रनको लक्ष्य पछ्याउने क्रममा वल्भ्स २० ओभरमा ७ विकेट गुमाएर २ सय १० रन बनायो ।
अन्तिम ओभरमा २० रन आवश्यक परेको स्थितिमा वल्भ्सले १६ रन मात्र जोड्न सकेको थियो । अन्तिम बलमा ५ रन चाहिएको अवस्थामा रशिद खानले १ रन मात्र दिएपछि नेपालले जित हासिल गरेको हो ।
यससँगै सिरिज आयरल्यान्डले २-१ को अन्तरमा जित्यो । वल्भ्सले पहिलो खेलमा २१ रन र दोस्रो खेलमा ४० रनको जित दर्ता गर्दै सिरिज आफ्नो पक्षमा पारिसकेको थियो । बुधबारदेखि ३ खेलको एकदिवसीय सिरिज सुरु हुनेछ ।
फिओन ह्यान्डले ७ बलमा २२ रनको आक्रामक इनिङ खेलेपनि उनी अन्तिम ओभरको पाँचौ बलमा रनआउट भए । उनले त्यसअघि १ चौका र २ छक्का प्रहार गर्दै वल्भ्सलाई खेलमा कायम राखेका थिए ।
त्यसअघि स्पिनर विपिन खत्रीले चौथो ओभरमा दुवै ओपनरलाई पेभेलियन फर्काएर आयरल्यान्डको आक्रामक सुरुवातमा ब्रेक लगाए । उनले दोस्रो बलमा जेम्स मक्कलमलाई ७ रनमा आउट गरे । त्यसपछि पाँचौ बलमा रस अडेर पनि पेभेलियन फर्किए । उनले १४ बलमा ५ चौका र १ छक्कासहित ३१ रन बनाए ।
छैटौं ओभरमा पिटर मुर २ रन जोड्दै विपिनकै शिकार बने । कप्तान निल रक ८ बलमा २ रन जोड्दै नारायण जोशीको पहिलो बलमा क्याच आउट भए । त्यसपछि मोर्गन टपिङ्ग र ग्यारेथ डेलानीले राम्रो साझेदारी गरे ।
पाँचौ विकेटका लागि यी दुईले १ सय २९ रनको साझेदारी निर्माण गरे । १८ औं ओभरमा मोर्गन रशिद खानको बलमा बाउन्ड्रीनजिक क्याच आउट भए । उनले ३७ बलमा ४ चौका र ४ छक्कासहित ६० रनको योगदान दिए ।
१९ औं ओभरमा कमल सिंह ऐरीले ग्यारेथ डेलानीलाई आउट गर्दै नेपाललाई खेलमा बलियो स्थितिमा पुर्याए । अन्तिम २ ओभरमा ३२ रन आवश्यक पर्दा सेट ब्याटर डेलानी ६८ रनमा आउट भए । उनले ३७ बलमा ५ चौका र ५ छक्का प्रहार गरे ।
नेपालका लागि विपिन खत्रीले १ मेडनसहित २३ रन खर्चेर ३ विकेट लिए । कमल ऐरी र नारायण जोशीले १-१ विकेट बाँडे ।

त्यसअघि आरिफ शेखको अर्धशतकमा पहिलो ब्याटिङको निम्तो पाएको नेपाल ‘ए’ ले २० ओभरमा ७ विकेट गुमाएर २ सय १३ रन जोडेको थियो । नेपालका लागि आरिफ शेखले नटआउट ९३ रनको योगदान दिए । उनले ४८ बलमा ७ चौका र ६ छक्का प्रहार गरेका थिए ।
आरिफ ३३-३ को स्थितिमा क्रिजमा आएर अन्त्यसम्म डटेर खेले । उनले मध्यक्रममा बसिर अहमदसँग साझेदारी गर्दै बलियो योगफलसम्म पुग्न आधार तयार गरे । अन्त्यतिर राशिद र कमल सिंह ऐरीसँग उनले आक्रामक साझेदारी गरे ।
ओपनर देव खनाल (६) दोस्रो ओभरमा ६ रन जोड्दै कट बिहाइन्ड भए । त्यसको २ बल पछि अर्का ओपनर लोकेश बम (८) पनि विकेटकिपरको हातबाट समातिए । कप्तान विनोद भण्डारी ११ रन जोड्दै पाँचौ ओभरमा आउट भएपछि नेपाल ३३-३ को स्थितिमा पुग्यो ।
बसिर र आरिफले चौथो विकेटका लागि ५७ रनको साझेदारी गरे । ११ औं ओभरमा बसिर १९ रन जोड्दै एलबीडब्लु आउट भए । पवन सर्राफले १२ बलमा १३ रन जोडे । लगत्तै नारायण जोशी १ रन जोड्दै नन स्ट्राइक एन्डमा रनआउट हुन पुगे ।
राशिद खानले १३ बलमा ३ छक्कासहित २४ रन जोडे । बाउन्ड्रीनजिक क्याच आउट हुनुअघि उनले आरिफसँग ४६ रनको साझेदारी गरे । त्यसपछि कमलसिंह ऐरीले ७ बलमा २ चौका र १ छक्कासहित नटआउट १९ रन बनाए ।
फिओन ह्यान्डले २ विकेट लिँदा लियाम मकार्थी, म्याथ्यु फोस्टर, ग्यारेथ डेलनी र ग्याभिन होएले १-१ विकेट हात पारे ।
नेपाल ‘ए’ टि२० टोली : विनोद भण्डारी (कप्तान), लोकेश बम, देव खनाल, पवन सर्राफ, आरिफ शेख, नारायण जोशी, बसिर अहमद, राशिद खान, सागर ढकाल, विपिन खत्री, कमल सिंह ऐरी,
बेन्च : हेमन्त धामी, विकास आग्री, किरण ठगुन्ना, अर्जुन घर्ती
आयरल्यान्डको टोली :
निल रक (कप्तान), रस अडेर, ग्यारेथ डेल्नी, म्याथ्यु फोस्टर, फिओन ह्यान्ड, ग्याभिन होए, म्याथ्यु हम्फ्रिज, लियाम मकार्थी, जेम्स मक्कोलम, पिजे मुर, मोर्गन टपिङ
बेन्च : बेन व्हाइट, टम मेयस, केड कारमाइकल, स्टेफन डोहेनी
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]