2 years ago
April 4, 2024
एजेन्सी – पञ्जाब किंग्सले इंडियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत बिहीबारको खेलमा गुजरात टाईटन्स विरुद्ध रोमाञ्चक जित दर्ता गरेको छ । पञ्जाबले गुजरात माथि ३ विकेटको जित दर्ता गर्न सफल भएको हो ।
गुजरातले दिएको २०० रनको विशाल लक्ष्य पञ्जाबले १ बल बाँकी रहँदा ७ विकेट गुमाएर भेटायो । पञ्जाबको जितमा शशाङ्क सिंहले २९ बलमा ६ चौका र ४ चौका सहित ६१ रनको विष्फोटक इनिङ खेले । यस्तै प्रभसिम्रन सिंहले २४ बलमा ३५ रन बनाए ।
आशुतोष शर्माल3 १७ बलमा ३१ रनको योगदान गरे भने जोनी बेयर्सटोले २२ रन बनाए ।
गुजरातका लागि नूर अहमदले २ तथा अजमतुल्लाह ओमारजाई, उमेश यादव, राशिद खान, मोहित शर्मा र दर्शन नलकण्डेले समान १-१ विकेट लिए ।
त्यसअघि अहमदाबादमा टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १९९ रन बनायो । गुजरातका लागि कप्तान शुभमन गिलले ४८ बलमा ६ चौका र ४ छक्का सहित ८९ रनको अविजित इनिङ खेले ।
यस्तै साई सुदर्शनले ३३, केन विलियमसनले २६ तथा राहुल टेवाटियाले २३ रन बनाए ।
पञ्जाबका लागि कागीसो रबाडाले २ तथा हरप्रित ब्रार र हर्षल पटेलले १-१ विकेट लिए ।
जित पछि ४ खेलमा २ जित हात पारेको पञ्जाब तालिकाको पाँचौं स्थानमा छ । गुजरात पनि ४ खेलमा समान २ जित सहित एक स्थान तल रहेको छ ।
आईपिएलमा भोलि हुने खेलमा सनराईजर्स हैदराबाद र चेन्नाई सुपर किङ्स भिड्ने छन् ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]