default_image

9 years ago

February 1, 2017

सगरमाथा सिमेन्ट डिपिएलको प्रत्यक्ष प्रसारण डिस होम स्पोर्टसले गर्ने

152 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – धनगढीमा चैतको पहिलो साताबाट सुरु हुने सगरमाथा सिमेन्ट डिपिएल क्रिकेट प्रतियोगिताका सबै खेल डिस होम स्पोर्टस  च्यानलले प्रत्यक्ष रुपमा प्रसारण हुने भएको छ । धनगढी क्रिकेट एकेडेमी (डिसिएल) र सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपिए) को संयुक्त आयोजनामा चैत ५ गते देखि हुने डिपिएलका सबै खेल प्रत्यक्ष प्रसारण गर्न आयोजक र डिस होमबीच सम्झौता भएको छ ।

dish-home

डिस होमका प्रबन्ध निर्देशक कल्याण अधिकारी र धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवास शाहीले मंगलबार आयोजित पत्रकार सम्मेलनमा प्रत्यक्ष प्रसारणको सम्झौता गरेका थिए । डिस होमका प्रबन्ध निर्देशक अधिकारीले नेपाली खेलकुदको प्रचार प्रसार र विकासका लागि लागि नै नेपालमा पहिलो पटक खेलकुदको च्यानल डिस होम स्पोर्टस् च्यानल सुरु गरिएको बताए ।

‘राजधानीमा हुने खेलकुदका प्रतियोगितामात्र होइन जिल्लाका प्रतियोगितालाई पनि प्रत्यक्ष प्रसारणमार्फत सबै सम्म पुर्याउने हाम्रो लक्ष्य हो ’ अधिकारीले भने, ‘मोसफलका सिमरा गोल्डकप, तिलोत्तमा गोल्डकप लगायतका प्रतियोगिता प्रत्यक्ष प्रसारण गर्दै आएका छौं । अब डिपिएल पनि प्रत्यक्ष प्रसारण गर्न पाउदा खुसी लागेको छ ।’अधिकारीका अनुसार प्रत्यक्ष प्रसारणको सबै खर्च डिस होम स्पोर्टस्ले नै बेहोर्नेछ । एकेडेमीका अध्यक्ष शाहीले अहिले सम्झौता यो बर्षका लागि मात्र भएपनि भविष्यमा पनि डिस होस स्पोर्टस्सँगको सहकार्य जारी रहने बताए ।

६ शहरको नाममा रहेका टोलीले डिपिएलमा प्रतिस्पर्धा गर्नेछन् । चैत १९ गते सम्म डिपिएलमा ज्ञानेन्द्र मल्लको कप्तानीमा सिवाइसी अत्तरिया, शरद भेषावकर कप्तान रहेको विराटनगर किङ्स, बसन्त रेग्मीको कप्तानीमा रहेको काठमाडौं गोल्डेन्स, शक्ति गौचनको नेतृत्वमा रहेको रुपन्देही च्यालेन्ज, विनोद भण्डारी कप्तान रहेको कञ्चनपुर आइकोनिक र पारस खड्का कप्तान रहेको टिम चौराहा धनगढीबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा भाग लिने २ सय १७ खेलाडीको यसअघि नै अक्सन भइसकेको छ ।

झन्डै १ करोड ६० लाख रुपैयाँ खर्च हुने प्रतियोगिताको विजेताले १५ लाख र दोस्रो हुने टोलीले ७ लाख रुपैयाँ पाउनेछ । हरेक खेलको वेल्स क्याफे म्यान अफ द म्याचले १० हजार रुपैयाँ पाउनेछन् । कुल २८ लाख ५० हजार पुरस्कार राशी रहेको प्रतियोगिताको म्यान अफ दी सिरिजले टिभिएस आरसिटआर २०० अपाचे मोटसराइकल पाउनेछन् ।

टि ट्वान्टीका आधारमा हुने प्रतियोगिताको लिग चरणमा सबैले एकअर्काविरुद्ध खेल्नेछन् । त्यसपछि शीर्ष ४ टोलीबीच प्ले अफ हुनेछ । अंक तालिकाको पहिलो र दोस्रोबीचको विजेता सोझै फाइनल पुग्नेछ । त्यसमा पराजित हुने टोलीले तेस्रो र चौथो हुने टोलीको विजेतासँग फाइनल प्रवेशका लागि पुनः प्रतिस्पर्धा गर्नेछ ।

प्रतियोगिताको उद्घाटनका दिन चैत ५ गते राष्ट्रिय क्रिकेट टोली र धनगढीबीच प्रदर्शनी खेल हुनेछ । उक्त खेलका लागि सय रुपैयाँको टिकट दर तोकिएको छ । त्यसमा संकलन हुने रकम खर्च कटाएर फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण अभियानमा हस्तान्तरण गरिने आयोजकले जनाएका छन् ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.