2 years ago
April 5, 2024
काठमाडौँ (हाम्रो खेलकुद) – खराब सुरुवात गरेको आयरल्यान्ड वल्भसले नेपाल ‘ए’ विरुद्धको एकदिवसीय सिरिजको दोस्रो खेलमा सम्मानजनक योगफल खडा गरेको छ । टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको आयरल्यान्डले ३८.४ ओभरमा सबै विकेट गुमाएर १७४ रन बनायो ।
आयरल्यान्डका लागि आठौ नम्बरमा ब्याटिङ गर्न आएका ग्याभिन होएले ५९ बल खेल्दै ५ चौका र २ छक्काको मद्दतमा ५० रनको अर्धशतकीय इनिङ खेले । यस्तै कप्तान निल रकले ३८ बलमा ३ चौका र ३ छक्का प्रहार गर्दै ४५ रन बनाए ।
५० रनमा ६ विकेट गएको अवस्थाबाट कप्तान निल रक र ग्याभिन होएले इनिङ सम्हाल्दै सातौ विकेटका लागि ४४ रनको साझेदारी गरेका थिए । सो साझेदारी २१औ ओभरमा कमल सिंह ऐरीले रकलाई आउट गराएपछि तोडिएको थियो । रक बसिर अहमदद्वारा क्याच आउट भएका थिए । होए भने रिजन ढकालको बलमा ३२औ ओभरमा रुपेश सिंहद्वारा क्याच आउट हुदै आठौ विकेत्क्का रुपमा पेभेलियन फर्किएका थिए ।
आयरल्यान्डको सुरुवात राम्रो रहन सकेको थिएन । ओपनरद्वय स्टेफन डोहनी र जेम्स मक्कोलमले क्रमसः २ र ० रन बनाएर आउट भए । डोहनीलाई शाहब आलमले एलबिडब्लु आउट गराए भने मक्कोलमले रन आउट भएका थिए । चौथो नम्बरमा क्रिजमा पुगेका पिजे मुर पनि २ रन मात्र बनाएर शाहब आलमको बलमा क्याच आउट भए ।
मोर्गन टपिङ पनि २ रनमा नै शाहबको बलमा बिनोद भण्डारीद्वारा क्याच आउट भए । त्यसपछि ग्यारेथ डिलेनी र फियोन ह्याण्ड ० र ५ रन बनाएर क्रमश: शाहब र मौसम ढकालले आउट गराए ।

त्यसपछि आउट हुने कप्तान रक र होए रहेका थिए । होए पछि थोमस माएस ५ रन बनाएर रिजनको बलमा बोल्ड भए ।
लियम मकार्थी ५४ बलमा ३ चौका सहित ३५ रन बनाएर अन्तिम विकेटको रुपमा पेभेलियन फर्किए । उनी सगर ढकालको बलमा बसिरद्वारा क्याच आउट भएका हुन् ।
नेपाल ‘ए’ का लागि रिजन ढकाल र शहाब आलमले समान ३-३ विकेट लिए । यस्तै मौसम ढकालले २ तथा कमल सिंह ऐरीले १ विकेट लिए ।
नेपालले आजको खेलमा अर्जुन कुमाल, रंजित कुमार, रुपेश सिंह र विकास आग्रीलाई विश्राम दिएको छ ।
नेपालका लागि कप्तान विनोद भण्डारी, नरेन भट्ट, देव खनाल, भीम सार्की, आरिफ शेख, अर्जुन साउद, साहब आलम, बसिर अहमद, रिजन ढकाल, कमल सिंह ऐरी र मौसम ढकाल खेल्दैछन् ।
नेपाल पहिलो २१ रनले पराजित भएको थियो । वल्भ्सले प्रस्तुत गरेको १ सय ५८ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल २६ औं ओभरमा मात्र १ सय ३६ रनमा अलआउट भयो ।
नेपालको मध्यक्रमका ब्याटरले बिर्सनलायक प्रदर्शन गर्दा नेपाल ‘ए’ हारको सामना गर्न पुगेको थियो । आयरल्यान्ड वल्भ्सले टि२० सिरिज २-१ ले जितेको थियो । एकदिवसीय सिरिजको अन्तिम खेल आइतबार हुनेछ ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]