default_image

1 month ago

April 7, 2024

डोहनीको शतकमा आयरल्यान्ड वल्भ्सको बलियो योगफल

1993 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – ओपनर स्टेफन डोहनीको शतकमा आयरल्यान्ड वल्भ्सले नेपाल ए लाई एकदिवसीय सिरिजको अन्तिम खेलमा २ सय ८५ रनको बलियो लक्ष्य दिएको छ ।

टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिलो ब्याटिङ रोजेको वल्भ्सले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ८४ रन जोड्यो । ओपनर डोहनीले १ सय २९ बलमा १ सय ७ रनको योगदान दिए । उनले ४७ औं ओभरमा आउट हुनुअघि ८ चौका र २ छक्का प्रहार गरे ।

त्यसअघि ओपनर जेम्स मकलम ९ रन जोडेर विकास आग्रीको बलमा विकेटकिपरबाट समातिएका थिए । दोस्रो विकेटका लागि पिटर मुर र डोहनीले ६६ रनको साझेदारी गरे । मुरले २५ बलमा २ चौका र ५ छक्कासहित ४४ रनको विष्फोटक इनिङ खेले । उनी साहब आलमको बलमा बाउन्ड्रीनजिक समातिए ।

केड कार्माइकल १३ बलमा ८ रन जोड्दै रंजित कुमारको बलमा बोल्ड भए । मोर्गन टपीङ ३६ बलमा २ चौकासहित २१ रन जोड्दै रिजनको एलबीडब्लु धरापमा परे । कप्तान निल रक मात्र १ रन जोड्दै रिजनकै बलमा आउट भए ।

तल्लोक्रममा ग्याभिन होएले १० बलमा १४ रन जोडे । फिओन ह्यान्डले २१ बलमा २ चौका र १ छक्कासहित २० रन बनाए । म्याथ्यु हम्फ्रिजले अन्तिम बलमा रनआउट हुनुअघि ३४ बलमा २३ रन जोडे । बेन ह्वाइट १९ रनमा नटआउट रहे । उनले १२ बलमा २ चौका र १ छक्का प्रहार गरे ।

नेपाल ए का लागि रिजन ढकाल र रंजित कुमारले ३-३ विकेट लिए । विकास आग्री र साहब आलमले १-१ विकेट बाँडे ।

वल्भ्सले सिरिज २-० ले जितिसकेको छ । वल्भ्सले यसअघि टि२० सिरिज २-१ ले जितेको थियो ।

May 18, 2024

सिता ललितपुर मेयर्स कपमा उत्कृष्ट खेलाडी घोषित

काठमाडौं (हाम्रो खेलकुद) – उपाधि विजेता नेपाल एपिएफ क्लबकी कप्तान तथा अल-राउण्डर सिता राना मगर ललितपुर मेयर्स टि-२० च्याम्पियनसिप २०२४ को उत्कृष्ट खेलाडी घोषित भएकी छन् । एपिएफले चौथो पटक उपाधि प्रतियोगितामा सिता अल-राउण्ड प्रदर्शनका साथ उत्कृष्ट खेलाडी घोषित भएकी हुन् । सिताले प्रतियोगितामा ५ खेलमा १४२ रन प्रहार गर्नुका साथै ४ विकेट समेत लिन […]

May 18, 2024

एपिएफ अपराजित रहँदै च्याम्पियन 

काठमाडौँ (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लब अपराजित रहँदै चौथो संस्करणको ललितपुर मेयर्स महिला टि-२० च्याम्पियनसिप २०८१ को उपाधि जितेको छ । शनिवार भएको फाइनलमा सुदुरपश्चिम प्रदेश माथि २ रनको रोमान्चक जित दर्ता गर्दै एपिएफले चौथो संस्करणमा चौथो पटक नै उपाधि जितेको हो । अन्तिम दुई ओभरमा २९ रन चाहिएको अवस्थामा सुदुरकी कविता जोशीले राजमती […]

May 17, 2024

सुदुरपश्चिम ललितपुर मेयर्स कपको फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – सुदुरपश्चिम प्रदेश ललितपुर मेयर्स महिला टि-२० च्याम्पियनशिपको फाइनलमा प्रवेश गर्ने दोस्रो टोली बनेको छ । लिग चरणको अन्तिम खेलमा बागमती प्रदेश विरुद्ध १०९ रनको फराकिलो जित दर्ता गर्दै सुदुरपश्चिमले एपिएफ क्लब विरुद्धको उपाधि भिडन्त पक्का गरेको हो । सुदुरपश्चिमले दिएको १५८ रनको विशाल लक्ष्य पछ्याएको बागमती १६.१ ओभरमा ४८ रनमा समेटियो […]

Success

Thank you for your time.