2 years ago
April 8, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले आइसीसी टि२० विश्वकपमा प्रयोग गर्ने जर्सी सोमबार सार्वजनिक भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान)ले राजधानीमा एक कार्यक्रमबीच जर्सी सार्वजनिक गरेको हो । युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठ र राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले जर्सी सार्वजनिक गरे । कार्यक्रममा क्यानका उपाध्यक्ष रोशन सिंह, सचिव पारस खड्का र केल्मी नेपालका निर्देशक उत्तम न्यौपानेको पनि उपस्थिति थियो ।
केल्मीले निर्माण गरेको जर्सीमा विगतभन्दा केही पृथक प्रयोग गरिएको छ । जर्सीको अगाडी काँधमा नेपालको झन्डा छ भने तल्लो भागमा सगरमाथा र गैंडा अंकित गर्ने डिजाइन छ । रातो र निलो रंगसँगै यसपटक पहेंलो रंग पनि जर्सीमा छ । केल्मी निर्देशक न्यौपानेले अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले वारियर (योद्धा) को रुपमा प्रदर्शन गरेकोले त्यसलाई पहेंलो रंगले इंगित गरेको बताए ।
मन्त्री श्रेष्ठले विश्वकपमा प्रयोग हुने जर्सी सार्वजनिक गर्ने अवसर पाउँदा गौरव महसुस गरेको बताए । सदस्य सचिव घिसिङले यो जर्सी नेपाली क्रिकेटको इतिहासमा कुंदिने भएकाले विशेष रहेको अभिव्यक्ति दिए ।

नेपालले वेस्ट इन्डिज ‘ए’ विरुद्ध हुने टि२० सिरिजमा यो जर्सी प्रयोग गर्नेछ । सचिव खड्काले विश्वकपअघि घरेलु मैदानमा हुने सिरिजमा जर्सी लगाउने बताएका थिए । कार्यक्रमपछि नै नेपाल र वेस्ट इन्डिज ‘ए’ खेल्ने जानकारी सार्वजनिक भएको थियो ।
यसै जुनमा हुने विश्वकपको आयोजना अमेरिका र वेस्ट इन्डिजमा हुँदैछ । २० राष्ट्र सम्मिलित विश्वकपको नेपाल समूह डी मा रहेको छ । नेपालसँगै समूहमा दक्षिण अफ्रीका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्स रहेका छन् । नेपालले जुन ४ मा नेदरल्यान्ड्सविरुद्ध खेल्दै प्रतियोगिता सुरुवात गर्नेछ ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]