default_image

2 years ago

April 10, 2024

प्रिमियर कप – नेपालको पहिलो खेल मलेसियासँग

4150 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- मलेसियाविरुद्ध खेल्दै मेपाली क्रिकेट टोलीले ओमानमा हुने एसिसी प्रिमियर कपको‌ यात्रा सुरु गर्ने भएको छ।

नेपालले पहिलो खेल शुक्रबार मलेसियासँग खेल्नेछ। दोस्रो खेलमा शनिबार नेपालले कतारको सामना गर्नेछ। वैशाख ३ गतेको हङकङसँग खेल्ने नेपालले समूह चरणको‌ अन्तिम खेल वैशाख ५ गते साउदी अरबसँग खेल्नेछ।

अर्को समूह यूएई, कुवेत, बहराइन, ओमान र कम्बोडिया छन् । समूह चरणपछि शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन्। प्रिमियर कपको विजेता टोलीले एसिया कप खेल्न पाउनेछ ।

प्रिमियर लिगका लागि नेपाल क्रिकेट संघ (क्यान) ले मंगलबार नै रोहित पौडेलले कप्तानीमा १४ सदस्यीय क्रिकेट टोलीको घोषणा गरेको थियो।

नेपालको क्रिकेट टोली
आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, रोहित पौडेल (कप्तान), विवेक यादव, सन्दीप जोरा, अनिल शाह, गुलशन झा, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिश जिसी र अभिनाश बोहोरा।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.