default_image

2 years ago

April 12, 2024

नेपालको प्रिमियर कप उपाधि रक्षा मलेसियाविरुद्ध खेलबाट सुरु

3222 views

0 Bookmark

मस्कट (हाम्रो खेलकुद) – एसीसी मेन्स प्रिमियर कपको साविक विजेता नेपालले शुक्रबार मलेसियाविरुद्ध खेल्दै यस संस्करणमा उपाधि रक्षाको यात्रा सुरु गर्दैछ ।

ओमानको मस्कटस्थित ओमान क्रिकेट एकेडेमीको मैदानमा नेपाली समय अनुसार दिउँसो ४:१५ बजे खेल सुरु हुनेछ । यसपटक टि२० फर्म्याटमा हुने प्रतियोगितामा ८ टोली वरीयताका आधारमा छनोट हुँदा कम्बोडिया र साउदी अरब च्यालेन्जर्स कप प्रतियोगिताबाट छनोट भएका हुन् । गत संस्करण नेपालमै भएको एकदिवसीय फर्म्याटको प्रतियोगितामा नेपालले यूएईलाई फाइनलमा हराएको थियो ।

नेपालले यस प्रतियोगिताका लागि भारतमा त्रिकोणात्मक टि२० सिरिज खेलेर प्रतियोगिताको तयारी गरेको थियो । तर भारत भ्रमणमा प्रतियोगिता भन्दापनि प्रशिक्षण र ओमानको वातावरणसँग घुलमिल हुने अवसर बढी महत्त्वपूर्ण थियो । विहीबार विहान मात्र ओमान आइपुगेका कारण टोलीले हिजो प्रशिक्षण गरेन ।

नेपालले मलेसियाविरुद्ध निकै बलियो इतिहास बोकेको छ । हालसम्म ९ टि२० खेलमा नेपालले ८ जित दर्ता गर्दा मलेसिया एकपटक विजयी भएको छ । पछिल्लो ५ खेलमा नेपालले नै जित हासिल गरेको छ । अक्टोबर २०२३ मा भएको पछिल्लो भेटमा नेपालले मलेसियालाई टि२० विश्वकप छनोट अन्तर्गत खेलमा ६ विकेटले हराएको थियो ।

आज प्रतियोगिता अन्तर्गत समूह ए मा कतार र हङकङ पनि भिड्नेछन् । यस समूहमा साउदी अरब पनि रहेको छ । प्रतियोगिताको समूह बी मा ओमान, यूएई, कुवेत, बहराइन र कम्बोडिया रहेका छन् ।

दुवै समूहबाट शीर्ष २ टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् । प्रतियोगिताको विजेता मात्र एसिया कपका लागि छनोट हुनेछ ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.