5 months ago
April 12, 2024
मस्कट (हाम्रो खेलकुद) – एसिसि प्रिमियर कप २०२४ अन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले मलेसिया विरुद्ध सामान्य लक्ष्य पाएको छ । अल अमेरात क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १४३ रन बनायो ।
मलेसियाका लागि कप्तान भिरनदिप सिंहले ५५ बलमा ३ चौका र ४ छक्का सहित सर्वाधिक ६८ रनको अविजित इनिङ खेले । यस्तै शर्भिन मुनियान्डीले ३३ बलमा ३ चौका र २ छक्का सहित ४१ रन जोडे ।
ओपनर मुहम्मद आमिर १८ बलमा १६ रन बनाएर छैठौं ओभरमा दीपेन्द्र सिंह ऐरीले आउट गरेका थिए । दोस्रो विकेटका भिरनदिप र शर्भिन मिलेर ८२ रनको साझेदारी गरेका थिए ।
सो साझेदारी १७औं ओभरमा शर्भिन अविनाश बोहोराको बलमा बोल्ड आउट भएपछि तोडिएको थियो । साएद अजिजलाई १८औं ओभरमा दीपेन्द्रले क्याच आउट गराएका थिए । नज्मुस सकिब ८ रनमा नट आउट रहे ।
नेपालका लागि दीपेन्द्र सिंह ऐरीले ४ ओभरमा १४ रन खर्चिदै २ विकेट लिए । यस्तै अविनाश बोहोराले ४ ओभरमा २८ रन खर्चिदै १ विकेट लिए । ललित राजवंशीले ४ ओभरमा २८ रन नै दिए ।
करन किसी, सोमपाल कामी र कुशल भुर्तेलले समान २ ओभर बलिङ गर्दै क्रमसः २१, ११ र १७ रन दिए । गुलशन झाले १ ओभरमा १२ र कुशल मल्लले १ ओभरमा नै १० रन दिए ।
समूह ए मा नै रहेका कतार र हङकङ पनि एक अर्कासँग खेलिरहेका छन् । यस समूहमा साउदी अरब पनि रहेको छ । समूह बी मा युएई, कुवेत, ओमान, बहराइन र कम्बोडिया रहेका छन् ।
ओमान र युएईले आज नै भएका खेलमा जित हासिल गर्दै विजयी सुरुवात गरिसकेका छन् । ओमानले बहराइन विरुद्ध ३ रनले र युएईले कुवेत माथि ७ विकेटको जित निकालेको हो ।
दुवै समूहबाट शीर्ष २ टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् । प्रतियोगिताको विजेता मात्र एसिया कपका लागि छनोट हुनेछ ।
September 15, 2024
काठमाडौं(हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपिएल) को सहभागी टोली पोखरा एभेन्जर्सले लोगो परिवर्तन गरेको छ । एभेन्जर्सले आइतवार सामाजिक सन्जालमार्फत लोगो परिवर्तनको घोषणा गरेको हो । सन् २०२२ मा आयोजना भएको नेपाल टि ट्वान्टी लिगको पहिलो संस्करणमा सहभागी पोखराले त्यस बेला प्रयोग गरेको लोगो परिवर्तन गरेको हो । पोखराले शनिवार मात्र कुशल भुर्तेललाई मार्की […]
September 14, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को मार्की खेलाडीको टोली टुंगो लागेको छ। नेपाल क्रिकेट संघ (क्यान) ले शनिवार पत्रकार सम्मेलनमा गोला प्रथाद्वारा मार्की खेलाडीको टोली तय भएको थियो। क्यान सचिव पारस खड्काले कार्यक्रममा खेलाडी अक्सन दशैं अघि हुने जानकारी दिए । अक्सनमा विभिन्न श्रेणीमा खेलाडीलाई विभाजन गरीने छ । मार्की खेलाडीको मुल्य भने […]
September 14, 2024
काठमाडौं(हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपिएल) को ८ टोलीका मार्की खेलाडी हरेकको मुल्य २० लाख रुपैयाँ तोकिएको छ। नेपाल क्रिकेट संघ(क्यान) ले शुक्रवार राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित कुमार पौडेलसहित टोलीका अन्य सदस्य दीपेन्द्र सिंह ऐरी, सन्दीप लामिछाने, सोमपाल कामी, करण केसी, आसिफ सेख, कुशल भुर्तेल र कुशल मल्ललाई मार्की खेलाडीका रुपमा घोषणा गरेको […]