default_image

2 years ago

April 13, 2024

आइपिएलमा दिल्लीको दोस्रो जित

1167 views

0 Bookmark

एजेन्सी – दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा दोस्रो जित निकालेको छ।

जेक फ्रेसर म्याकग्रुकले आपिएल २०२४ मा डेब्यू गर्दै अर्धशतक बनाएपछि दिल्ली क्यापिटल्सले शुक्रबार लखनउ सुपर जायन्ट्सलाई ६ विकेटले पराजित गरेको हो ।

१ सय ६८ रनको लक्ष्य पछ्याएको दिल्लीले ११ बल बाँकी छँदा ४ विकेट गुमाएर १ सय ७० रन बनाउँदै खेल जितेको हो।

म्याकग्रुकले कप्तान ऋषव पन्तसँग तेस्रो विकेटका लागि ७७ रनको साझेदारी गरेका थिए। अस्ट्रेलियाली म्याकग्रुकले ३५ बलमा ५५ रन जोडे । उनले २ चौका र ५ छक्का प्रहार गरे । ऋषवले पनि ४१ रन बनाएका थिए ।

पहिले ब्याटिङ गर्दै लखनउले ७ विकेटमा बनाएको १ सय ६७ रनलाई उछिन्यो । लखनउका लागि आयुष बदोनीले सर्वाधिक ५५ रन बनाए । दिल्लीका लागि २० रन खर्चेर ३ विकेट लिएका कुलदीप यादव ‘प्लेयर अफ द म्याच’ बने ।

दिल्ली दोस्रो जितपछि १० टोली सम्मिलित आइपिएल अंक तालिकाको नवौं स्थानमा उक्लेको छ । लखनउ चौथो स्थानमा छ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.