default_image

2 years ago

April 13, 2024

कुवेतद्वारा कम्बोडिया सहजै पराजित 

1868 views

0 Bookmark

मस्कट (हाम्रो खेलकुद) – ओमानमा जारी एसिसि मेन्स प्रिमियर कप अन्तर्गत समूह बि को आज भएको पहिलो खेलमा कुवेतले सहज जित दर्ता गरेको छ । पहिलो खेलमा युएई विरुद्ध पराजय भोगेको कुवेतले आज भयेक कम्बोडिया माथि ८ विकेटको सहज जित दर्ता गरेको हो ।

कम्बोडियाले दिएको १४२ रनको मध्यम लक्क्ष कुवेतले ११.२ ओभरमै २ विकेट गुमाएर भेटायो । कुवेतका लागि ओपनर रविजा सान्दारुवनले ३३ बलमा ३ चौका र ७ छक्का सहित सर्वाधिक ६१ रन बनाए । यस्तै मित भावसरले  क्लिन्टो आन्तोले २२ रन जोडे । उस्मान पटेलले ९ रन बनाए ।

कम्बोडियाका लागि लुक्मान बट र साल्भिन स्टानलिले १-१ विकेट लिए ।

त्यसअघि अल अमेरात मैदानमा टस जितेर ब्याटिङ रोजेको कम्बोडियाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १४१ रन बनायो । कम्बोडियाका लागि राम शरणले सर्वाधिक ३० रन बनाउँदा लुक्मान बटले २४, एटिएन बिउकेसले २३ तथा शर्वन गोदाराले र भिमुक्थी भिराजले समान २२ रन बने ।

कुवेतका लागि शाहरुख कुद्दुस, इल्यास अहमद, पर्भिंदर कुमार र निमिश लतिफले समान १-१ विकेट लिए ।

जित पछि कुवेतको २ खेलमा २ अंक भएको छ । कम्बोडियाको भने आज पहिलो खेल रहेको थियो ।

प्रतियोगितामा युएई र बहराइन बिचको खेल जारी छ भने दिनको ४:१५ बजे समूह ए मा रहेका नेपाल र कतार तथा मलेसिया र साउदी अरेबिया भिड्ने छन् । 

दुवै समूहबाट शीर्ष २ टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् । प्रतियोगिताको विजेता मात्र एसिया कपका लागि छनोट हुनेछ ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.