2 years ago
April 13, 2024
मस्कट (हाम्रो खेलकुद) – ओमानमा जारी एसिसि मेंन्स प्रिमियर कपमा युएईले लगातार दोस्रो जित दर्ता गरेको छ । हिजो भएको खेलमा कुवेत माथि जित दर्ता गरेको युएईले आज बहराइन माथि ३७ रनको जित दर्ता गरेको हो ।
युएईले दिएको २३७ रनको विशाल लक्ष्य पछ्याएको बहराइनले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १९९ रन मात्र बनाउन सक्यो ।
बहराइनका लागि इमरान अनवरले २२ बलमा २ चौका र ७ छक्का सहित ६० रन बनाए भने इमरान अलीले ३० बलमा ३५ रन जोडे । यस्तै जुनेड अजीजलिए १८ बलमा २४ रन बनाउँदा उमेर तुरले १७ रन बनाए । रिजवान बटले पनि १७ रन जोडे ।
युएईका लागि आयन खानले ३ तथा मुहम्मद फरूकले २ विकेट लिए । जुनेद सिद्दिकी र आकिफ राजाले १-१ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २३६ रनको विशाल योगफल खडा गरेको हो ।
युएईका लागि आलिशान शराफूले ४१ बलमा १० चौका र ५ छक्का प्रहार गर्दै ७८ रन बनाए । यस्तै आशिफ खानले २७ बलमा १ चौका र ८ छक्का सहित ६६ रन जोडे । कप्तान मुहम्मद वासिमले ४० बलमा ६५ रन बनाए ।
युएईको अन्तिम चार विकेट अन्तिम ओभरमा खसेको थियो । बहराइनका लागि इमरान अनवरले ३ तथा रिजवान बट र अब्दुल माजिदले १-१ विकेट लिए ।
आज प्रतियोगिता अन्तर्गत समूह ए मा नेपाल र कतार तथा साउदी अरेबिया र मलेसिया पनि भिड्नेछन् । यस समूहमा हंगकंग पनि रहेको छ । प्रतियोगिताको समूह बी मा ओमान, यूएई, कुवेत, बहराइन र कम्बोडिया रहेका छन् ।
समूह बी मा रहेका ओमान र युएईले हिजो भएका आ-आफ्ना खेलमा जित हासिल गरेका थिए । आज नै कुवेतले कम्बोडिया माथि ८ विकेटको जित दर्ता गरेको छ । बहराइनको भने यो लगातार दोस्रो हार हो ।
दुवै समूहबाट शीर्ष २ टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् । प्रतियोगिताको विजेता मात्र एसिया कपका लागि छनोट हुनेछ ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]