2 years ago
April 14, 2024
टेक्सस (हाम्रो खेलकुद) – अमेरिका र वेष्ट इन्डिजमा संयुक्त रुपमा हुने आइसीसी टि ट्वान्टी विश्वकपका लागि नेपाल क्रिकेट संघ (क्यान) ले केहि दिन गत साता काठमाडौंमा नेपाली टोलीले लगाउने जर्सी सार्वजनिक गरेको थियो ।
जुनको १ देखि २९ सम्म हुने टि ट्वान्टीमा नेपाली टोलीले लगाउने जर्सीको अमेरिकी विक्रि अधिकार केल्मी नेपालले एक्जोबी यूएसएलाई दिएको छ । केल्मी नेपालले तयार पार्ने जर्सी अमेरिकामा आधिकारिक विक्रिको अधिकारका लागि एक्जोबी यूएसए दिएको छ ।
एक्जोबीका व्यवस्थापकद्वय सुमन क्षेत्री र केशव दाहाल तथा केल्मी नेपालका निर्देशक प्रदिप न्यौपानेबिच मेरिल्याण्डको बाल्टिमोरमा सम्झौता भएको छ । सम्झौता अनुसार केल्मी नेपालले एक्जोबी यूएसएलाई विश्वकपमा नेपालले लगाउने जर्सीलाई उपलब्ध गराउने छ । जसका लागि केल्मी नेपालले जर्सीलाई अमेरिकासम्म पुर्याउने जिम्मा लिएको छ ।
केल्मी नेपालले पहिलो पटक कुनैपनि खेलकुदको विदेशी अधिकार विक्रि गरेको हो । पछिल्लो पटक नेपाली क्रिकेट टोलीको बढ्दो लोकप्रियतालाई आत्मसाथ गर्दै विश्वकपमा नेपाललाई समर्थन गर्ने समर्थकलाई सोही गुणस्तरको जर्सी लगाएर विश्वकप हेर्ने मौका मिलोस् भन्ने मनसायका साथ सम्झौता भएको बताइएको छ ।
जर्सीलाई अनलाईनको माध्यमबाट विक्रि गरिने एक्जोबी यूएसएका ब्यवस्थापक क्षेत्रीले बताए । जसका लागि बेवसाईट तयार पारिएको छ । एउटा जर्सीको मुल्य ३९.९९ अेमेरिकी डलर राखिएको छ ।
नेपालको जर्सी लगाएर विश्वकप हेर्न चाहने अमेरिकामा रहेका समर्थकका लागि खुसीको विषय रहेको एक्जोबीका व्यवस्थापक क्षेत्रीले बताए । विक्रि भएको हरेक जर्सीबाट ३ अमेरिकी डलर खेलाडी घाइते हुँदा सहयोगका लागि बनाइने अक्षय कोषमा दिइने ।
विश्वकप हेर्नका लागि अमेरिकामा रहेका नेपाली समर्थक निकै उत्साहित रहेको र जर्सी खरिदका लागि सोधखोज सुरु भइसकेको बताइएको छ । यो सम्झौताले समर्थकले सहजै जर्सी खरिद गर्न सक्ने अपेक्षा राखिएको छ ।
सम्झौतापछि केल्मी नेपालका निर्देशक न्यौपानेले क्रिकेटको माध्यमबाट केल्मीलाई अमेरिकामा पनि चिनाउन पाउँदा निकै खुसी लागेको बताए । यसले आफूहरुलाई उत्साहित बनाएको उल्लेख गर्दै न्यौपानेले सहकार्य भविष्यमा पनि कायम रहने अपेक्षा राखेको बताए ।
विश्वकप आउन करिब डेढ महिना भन्दा बढिको समय बाँकी हुँदा जर्सी विक्रि आउने दिनमा बढ्ने अपेक्षा एक्जोबी यूएसएले गरेको छ । नेपालका लागि केल्मी आफैले अनलाइनमार्फत जर्सीको प्रि अर्डर सुरु गरिसकेको छ ।

December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]