2 years ago
April 15, 2024
मस्कट (हाम्रो खेलकुद) – ओमनमा जारी एसिसि प्रिमियर कपमा घरेलु टोलीमा ओमानले लगातार तेस्रो जित दर्ता गरेको छ । लगातार तेस्रो जित हासिल गर्ने क्रममा ओमानले युएई माथि ९ विकेटको सानदार जित निकालेको हो ।
वर्षाका कारण १५ ओभर प्रति टोलीमा घटाइएको खेलमा युएईले दिएको १४३ रनको लक्ष्य ओमानले १२.४ ओभरमै १ विकेट मात्र गुमाएर भेटायो ।
ओमानको जितमा कश्यप प्रजापति र खालिद कैलले अविजित रहँदै अर्धशतक जडे । कश्यपले ३८ बलमा ५ चौका र २ छक्का सहित ५३ रन बनाए भने खालिदले २३ बलमा २ चौका र ५ छक्का जडाई ५० रन बनाए । नसिम खुशीले १५ बलमा ३९ रन बनाएर आउट भएका थिए ।
युएईका अलि नासिरले ओमानको एकमात्र विकेट लिए ।
त्यसअघि अल अमेरात क्रिकेट मैदानमा टस हारेर व्याटिङको निम्तो पाएको युएईले १५ ओभरमा ५ विकेट गुमाउँदै १४२ रन बनायो ।
युएईका लागि आशिफ खानले ४५ बलमा ६ चौका र २ छक्का सहित ६६ रन बनाए भने कप्तान मुहम्मद वासिमले २५ बलमा ४५ रन बनाए । अन्य कुनै ब्याटरले दोहोरो अंक समेत बनाउन सकेनन् ।
ओमानका लागि बिलाल खानले ३ तथा कलिमुल्लाह र फायाज बटले १-१ विकेट लिए ।
समूह बी मा रहेको ओमानको ३ खेलमा ६ अंक भएको छ । युएई ३ खेलमा ४ अंक सहित तेस्रो स्थानमा छ । दोस्रो स्थानमा रहेको कुवेतको पनि ४ अंक छ । बहराइन र कम्बोडिया अंकविहिन छन् । समूहको शीर्ष दुई टोली सेमीफाइनलमा पुग्नेछन् भने प्रतियोगिताको विजेता एशिया कपका लागि छनोट हुनेछ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]