default_image

2 years ago

April 16, 2024

कतारको जितसँगै नेपाल समूह विजेता हुने पक्का 

5653 views

0 Bookmark

मस्कट (हाम्रो खेलकुद) – ओमानमा जारी एसीसी प्रिमियर कपमा कतारले दोस्रो जित दर्ता गरेको छ । नेपाल रहेकै समूह ए मा रहेको कतारले साउदी अरब माथि १५ रनको जित दर्ता गरेसँगै नेपाल समुहमा शीर्ष स्थानमा रहने पक्का भएको छ । 

समूह ए मा कतार ४ खेलमा ४ अंक सहित स्थानमा दोस्रो स्थानमा छ। नेपाल ३ खेलमा ६ अंक सहित शीर्ष स्थानमा हुनुका साथै सेमिफाइनलमा पुगिसकेको छ । क्रमश: तेस्रो, चौथो र पुछारमा रहेका साउदी अरब, मलेसिया र हङकङको समान २ अंकमा छन् ।

साउदी अरबले नेपाल विरुद्ध र मलेसियाले हंङकङ विरुद्ध खेल्न बाँकी रहेको छ । यो सँगै दोस्रो स्थानमा रहेर अन्तिम ४ मा पुग्ने टोलीको छिनोफानो रन रेटका आधारमा हुने भएको छ । कुनै पनि टोलीले ६ अंक बनाउन नसक्ने भएपछि नेपाल समूह विजेता बनेको छ ।

अल अमेरातमा टस जितेर पहिला ब्याटिङ गरेको कतारले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ५३ रन बनायो । कतारका लागि कप्तान मुहम्मद तन्भिरले ४४ बल खेल्दै ३ चौका सहित सर्वाधिक ४३ रन बनाए । यस्तै शाहजैब जमिलले २७ बलमा ३८ रन बनाए भने सक्लेन अर्शदले १३ बलमा २३ रन जोडे ।

साउदीका लागि इश्तियाक अहमद, उस्मान खालिद र उस्मान नाजिबले २-२ विकेट लिए भने अतिफ-उर-रहमानले १ विकेट लिए ।

जवाफमा साउदी अरबले २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ३८ मात्र बनाउन सक्यो । साउदीका लागि वाजी उल हसनले ४० बलमा ५७ रन र कप्तान हिशाम शैखले ३२ बलमा २० रन बनाए । यस्तै काशिफ अब्बासले १७ र जैन उल अबिदीनले १६ रन जोडे ।

कतारलाई जित दिलाउन गयान मुनाविरा, मुसावर शाह र हिमांशु राथोडले २-२ तथा अमिर फारुक र मुहम्मद जाबिरले १-१ विकेट लिए ।      

कतारको दोस्रो जित हुनुपर्नेमा अन्यथा भएकोले सच्चाइएको छ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.