default_image

2 years ago

April 17, 2024

साउदीको हारसँगै हङकङ सेमिफाइनलमा

869 views

0 Bookmark

मस्कट (हाम्रो खेलकुद) – साउदी अरब नेपाल सँग पराजित भएसँगै हङकङ समूह ए मा दोस्रो रहँदै ओमनमा जारी एसिसि प्रिमियर कपको अन्तिम चारमा प्रवेश गरेको छ । समूह ए मा हङकङ कतारलाई नेट रनरेटमा पछि पार्दै समूह उपविजेता बन्दै सेमिफाइनलका लागि छनोट भएको हो ।

आफ्नो अन्तिम खेलमा मलेसिया माथि ७ विकेटको जित सहित हङकङले साउदी र नेपाल बीचको अन्तिम खेल अघि दोस्रो स्थान ओगटेको थियो । हङकङको ४ खेलमा ४ अंक सहित नेट रनरेट -०.१२८ रह्यो । कतारको ४ अंक नै भएपनि नेट रनरेट -०.४५३ रहेपछि तेस्रो स्थानमा रहँदै बाहिरियो ।

साउदीको नेट रनरेट राम्रो भएकाले नेपाल विरुद्ध जित नै सेमिफाइनलमा पुग्न पर्याप्त रहने थियो । तर नेपाल सँग ६ विकेटले पराजित भएपछि साउदी २ अंक मै सिमित भयो । मलेसिया २ अंक सहित पुछारमा रह्यो ।

यस्तै समूह बी मा शीर्ष दुई स्थानका लागि कडा प्रतिस्पर्धा रहेको छ । हाल ओमान र कुवेत भिड्दा युएईले कम्बोडियाको सामना गर्दैछ । ओमानको ६ अंक रहँदा कुवेत र युएईको ४-४ अंक छ । बहराइनका २ अंकमा रहँदै प्रतियोगिताबाट बाहिरिसकेको छन् । कम्बोडिया हालसम्म अंकविहिन छ ।

कुनै पनि टोलीले अन्तिम चारमा स्थान बनाएका छैनन् । जारी २ खेलको नतिजाले नेपाल र हङकङले सेमिफाइनलमा खेल्ने टोलीको टुंगो लाग्नेछ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.