2 years ago
April 21, 2024
मस्कट (हाम्रो खेलकुद) – ओमनमा जारी एसिसि प्रिमियर कपको उपाधिका लागि घरेलु टोली ओमान र युएई आज भिड्दै छन् । खेल नेपाली समय अनुसार दिनको ४:१५ बजे अल अमेरात क्रिकेट मैदानमा सुरु हुनेछ ।
आजको विजेताले २०२५ मा हुने एशिया कपमा सहभागिता जनाउने छ । यस्तै तेस्रो स्थान हासिल गरेको हङकङ सहित आजका दुई प्रतिस्पर्धी टोली इमर्जीङ टिम्स एशिया कपमा छनोट भइसकेका छन् ।
ओमान हालसम्म प्रतियोगितामा अपराजित रहेको छ । ओमानले समूह चरणमा कुवेत, बहराइन र कम्बोडिया सहित आजको प्रतिद्वन्दी युएई माथि जित हात पारेको थियो । युएई विरुद्ध ओमानले ९ विकेटको सहज जित दर्ता गरेको थियो । १५ ओभरको सो खेलमा ओमानले १४३ रनको लक्ष्य १२.४ ओभरमै पुरा गरेको थियो ।
यस्तै ओमानले सेमिफाइनलमा हङकङ माथि ५ विकेटको जित हासिल गरेको थियो । १३२ रनको लक्ष्य ओमानले ४ बल बाँकी पुरा रहँदा पुरा गर्यो ।
यस्तै अर्को तर्फ गत संस्करणको उपविजेता युएईले समूह चरणमा ओमान बाहेक सबै टोलीलाई हराएको थियो । सेमिफाइनलमा भने युएईले हात संस्करणको फाइनलमा आफूले हार बेहोरेको टोली नेपाल विरुद्ध ६ विकेटको जित निकाल्दै अर्को उपाधि भिडन्त पक्का गरेको हो । युएईले पाएको १२० रनको सामान्य लक्ष्य ४ विकेट गुमाएर १६ बल बाँकी रहँदै पुरा गर्यो ।
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- चौथो स्थानमा रहँदै प्ले अफ पुगेको लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) क्वालिफायर ‘टु’ को यात्रा तय गरेको छ। काठमाडौं गोर्खाजलाई एलिमिनेटरमा आज ४ विकेटले हराउँदै लुम्बिनीले विराटनगर किङ्ससँगको भेट पक्का गरेको हो। १ सय १२ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १७.४ ओभरमा ६ विकेट गुमाउँदै जित निकाल्यो । लुम्बिनीले पनि ब्याटिङमा केही […]
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी रोयल्सका स्पिनर चम्किएपछि काठमाडौं गोर्खाजले आज नेपाल प्रिमियर लिग (एनपिएल) को एलिमिनेटरमा खुलेर ब्याटिङ गर्न सकेन। टस जितेर पहिला ब्याटिङ रोजेको काठमाडौंले त्यसको फाइदा उठाउन सकेन । स्पिनर शेर मल्ल, कप्तान रोहित पौडेल र अभिषेश गौतमले ७ विकेट लिएपछि काठमाडौंले १९.१ ओभरमा अलआउट हुँदै १ सय ११ रन मात्र बनाउन सक्यो। […]
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) मा आज एलिमिनेटरमा काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स खेल्दैछन्। काठमाडौंका कप्तान करण केसीले टस जितेर ब्याटिङ रोजेका छन् । रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले फिल्डिङ गर्नेछ। लिग चरणमा काठमाडौंले लुम्बिनीलाई २२ रनले हराएको थियो। त्यो खेलमा लुम्बिनीले टस जितेर पहिला फिल्डिङ नै रोजेको थियो। काठमाडौंले अघिल्लो खेलकै टोलीलाई […]