2 years ago
April 21, 2024
मस्कट (हाम्रो खेलकुद) – ओमनमा जारी एसिसि प्रिमियर कपको उपाधिका लागि घरेलु टोली ओमान र युएई आज भिड्दै छन् । खेल नेपाली समय अनुसार दिनको ४:१५ बजे अल अमेरात क्रिकेट मैदानमा सुरु हुनेछ ।
आजको विजेताले २०२५ मा हुने एशिया कपमा सहभागिता जनाउने छ । यस्तै तेस्रो स्थान हासिल गरेको हङकङ सहित आजका दुई प्रतिस्पर्धी टोली इमर्जीङ टिम्स एशिया कपमा छनोट भइसकेका छन् ।
ओमान हालसम्म प्रतियोगितामा अपराजित रहेको छ । ओमानले समूह चरणमा कुवेत, बहराइन र कम्बोडिया सहित आजको प्रतिद्वन्दी युएई माथि जित हात पारेको थियो । युएई विरुद्ध ओमानले ९ विकेटको सहज जित दर्ता गरेको थियो । १५ ओभरको सो खेलमा ओमानले १४३ रनको लक्ष्य १२.४ ओभरमै पुरा गरेको थियो ।
यस्तै ओमानले सेमिफाइनलमा हङकङ माथि ५ विकेटको जित हासिल गरेको थियो । १३२ रनको लक्ष्य ओमानले ४ बल बाँकी पुरा रहँदा पुरा गर्यो ।
यस्तै अर्को तर्फ गत संस्करणको उपविजेता युएईले समूह चरणमा ओमान बाहेक सबै टोलीलाई हराएको थियो । सेमिफाइनलमा भने युएईले हात संस्करणको फाइनलमा आफूले हार बेहोरेको टोली नेपाल विरुद्ध ६ विकेटको जित निकाल्दै अर्को उपाधि भिडन्त पक्का गरेको हो । युएईले पाएको १२० रनको सामान्य लक्ष्य ४ विकेट गुमाएर १६ बल बाँकी रहँदै पुरा गर्यो ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]