default_image

2 years ago

April 22, 2024

क्रिकेट टोली स्वदेश फर्केसँगै वेस्ट इन्डिज ‘ए’ सँगको सिरिजमा जुट्ने

4300 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) –ओमानमा एसीसी प्रिमियर कप खेलेर नेपाली क्रिकेट टोली आज साँझ स्वदेश आइपुग्ने भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) का अनुसार टोली साँझ ६:२० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लने जानकारी दिएको छ।

साविक विजेताका रुपमा ओमान पुगेको मेपाली टोली यसपटक चौथो भएर फर्कदै छ। सेमिफाइनलमा संयुक्त अरब इमिरेट्स (युएई) सँग पराजित भएर लगातार दोस्रो पटक एसिया कप खेल्ने नेपालको सपना अधुरो भएको थियो।

ओमानलाई फाइनलमा हराउँदै प्रिमियर कप जितेको युएई एसिया कपका लागि छनोट भएको छ। त्यसपछि अर्को मौकाको रुपमा रहेको एसीसी इमर्जिङ टिम्स एसिया कपमा पनि छनोट हुन असफल भएको थियो।

प्रिमियर कपको तेस्रो स्थानमा हङकङसँग पराजित भएसँगै नेपालको इमर्जिङ टिम्स एसिया कप खेल्ने योजना पनि असफल भएको थियो।

नेपाली टोली स्वदेश फर्केसँगै वेस्टइन्डिज ‘ए’ सँग घरेलु सिरिज खेल्ने तयारीमा जुट्नेछ । नेपालले वेस्टइन्डिज ‘ए’ सँग ५ टि२० खेल खेल्ने तालिका छ । सिरिज अप्रिल २५ देखि ५ मेसम्म चल्नेछ ।

नेपाली टोलीले आइसीसी टि२० विश्वकपमा जानुअघि घरेलु मैदानमा वेस्टइन्डिज ‘ए’ सँग खेल्न लागेको हो।
नेपाली टोली त्यसपछि विश्वकपको तयारीका लागि अमेरिका प्रस्थान गर्ने प्रारम्भिक तयारी छ ।

अमेरिका र वेस्ट इन्डिजले जुनमा विश्वकपको आयोजना गर्दैछन् । २० राष्ट्र सम्मिलित विश्वकपको नेपाल समूह डी मा छ । नेपालसँगै समूहमा दक्षिण अफ्रीका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्स छन् । नेपालले जुन ४ मा नेदरल्यान्ड्सविरुद्ध खेल्दै विश्वकप सुरुवात गर्नेछ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.