2 years ago
April 30, 2024
काठमाडौँ (हाम्रो खेलकुद) – साविक विजेता इंग्ल्याण्डले उपाधि रक्षाको लक्ष्यका साथि आगामी आइसीसी टि-२० विश्वकपका लागि टोलीको घोषणा गरेको छ । दुई पटकको विजेता इंग्ल्याण्डले कप्तान जोस बटलरको कप्तानीमा १५ सदस्सिय टोली सार्वजनिक गरेको हो ।
धेरै समय मैदान बाहिर समय बिताएका तीब्र गतिका बलर जोफ्रा आर्चरलाई टोलीमा समावेश गरिएको छ । उनले एक वर्षभन्दा बढी समयपछि पहिलो पटक अन्तर्राष्ट्रिय क्रिकेटमा पुनरागमन गर्नेछन् ।
इङ्गल्याण्ड लाइनअपबाट हालको अनुपस्थितिको बाबजुद, अनुभवी अलराउन्डर क्रिस जोर्डनले पनि टोलीमा आफ्नो स्थान सुरक्षित गरेका छन् । उनको अन्तिम अन्तर्राष्ट्रिय खेल सेप्टेम्बर २०२३ मा रहेको थियो ।
ब्याटरहरुमा टोलीको नेतृत्व गर्ने जोस बटलरलेसहित विल ज्याक्स, फिल साल्ट र जोनी बेयरस्टो शीर्ष क्रमका दावेदार रहेका छन् भने बेन डकेटले अनुभवी अलराउन्डर मोइन अलीसँगै टोलीमा बायाँ हातको विविधता दिनेछन् ।
ह्यारी ब्रुक, लियाम लिभिङस्टोन र साम करनले टोलीलाई तल्लो क्रमको कमान सम्हाल्ने छन् भने टम हार्टलेको साथमा आदिल रसिदले स्पिन आक्रमणको नेतृत्व गर्नेछन् ।
इंग्ल्याण्डको पहिलो खेल जुन ४ मा बार्बेडोसमा स्कटल्याण्ड विरुद्ध रहेको छ । इंग्ल्याण्ड रहेको समूह बि मा अष्ट्रेलिया, नामिबिया, स्कटल्याण्ड र ओमान रहेका छन् ।
इंग्ल्यान्डको टोली: जोस बटलर (कप्तान), मोइन अली, जोफ्रा आर्चर, जोन्नी बेयरस्टो, ह्यारी ब्रुक, साम करन, बेन डकेट, टम हार्टले, विल ज्याक्स, क्रिस जोर्डन, लियाम लिभिङस्टोन, आदिल राशिद, फिल साल्ट, रिस टोपली, मार्क वुड
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]