default_image

2 years ago

May 1, 2024

नेपालको टि२० विश्वकप टोली : ११ पक्का, बेन्च बलियो बनाउन दुविधा

7576 views

0 Bookmark

सुबास हुमागाईं, काठमाडौं

नेपाली राष्ट्रिय क्रिकेट टोलीले आइसीसी मेन्स टि२० विश्वकपका लागि बुधबार अन्तिम टोली घोषणा गर्दैछ । वेस्ट इन्डिज ‘ए’ विरुद्ध जारी सिरिजको तेस्रो खेलपछि नेपालले विश्वकप खेल्ने १५ सदस्यीय टोली सार्वजनिक गर्नेछ ।

विश्वकपका लागि नेपालले केहि महिनायता लगातार सिरिज र प्रशिक्षण क्याम्प राखेको छ । यसका लागि नेपाल सरकारले ५ करोड रुपैयाँ विनियोजन गरेर ऐतिहासिक कदम पनि चालेको थियो । अब वेस्ट इन्डिज ‘ए’ सिरिज सकिएकै दिन नेपाली टोली विश्वकप आयोजना हुने वेस्ट इन्डिजतर्फ जाने कार्यक्रम छ ।

नेपालले आइसीसी विश्वकप लिग-२ को त्रिकोणात्मक सिरिजलगत्तै टि२० त्रिकोणात्मक सिरिजमार्फत विश्वकपको लागि तयारी सुरु गरेको थियो । नामिबिया र नेदरल्यान्ड्सविरुद्ध सिरिजमा नेपालको औसत प्रदर्शन रह्यो ।

त्यसपछि केहि मुख्य खेलाडी विश्राम दिएर हङकङमा अर्को त्रिकोणात्मक सिरिज खेल्यो । नेपालले त्यसको फाइनलमा पिएनजीसँग निराशाजनक हार बेहोरेको थियो ।

टोली त्यसपछि भारतको गुजरातमा पुगेर झन्डै २ साता लामो त्रिकोणात्मक सिरिज तथा प्रशिक्षण क्याम्पमा सहभागी भयो । त्यसअघि टोलीले आयरल्यान्ड वल्भ्सलाई २ टि२० खेलमा पराजित पनि गर्यो ।

एसीसी मेन्स प्रिमियर कपमा पनि नेपालले औसत प्रदर्शन गर्यो । समूह चरणमा अपराजित टोली सेमिफाइनलमा यूएई र तेस्रो स्थानको खेलमा हङकङसँग हार बेहोर्न पुग्यो । उक्त नतिजाले नेपालको लागि एसिया कपमा छनोट नहुनुको दुखसँगै एमर्जीङ कप आयोजना नै फुस्कने डरसम्म भएको छ ।

यसबीचमा टोलीमा धेरै प्रयोग भयो । र टोलीले अन्तिम प्रयोगका रुपमा वेस्ट इन्डिज ‘ए’ विरुद्धको सिरिजमा २० खेलाडी प्रयोग गर्दैछ । नेपालले यस सिरिजमा सबै खेलाडी प्रयोग गरेर टोली छिनोफानो गर्नेछ । सुरुवाती २ खेलमा नेपालले एक जित र एक हार निकालेको छ । र दुवैमा खेलाडी परिवर्तन भएका छन् ।

आजको खेलमा पनि टोलीमा परिवर्तन हुने पक्का छ । विश्वकपको टोली निर्माण गर्ने लक्ष्यसहित २० खेलाडी यसपटक टिममा छन् । पहिलो बाट दोस्रो खेलमा ५ खेलाडी परिवर्तन भएका थिए । हाल यस सिरिजमा खेल्न बाँकी ४ खेलाडी मध्यबाट आज अवसर पाउने सम्भावना छ ।

कस्तो हुन्छ टोली?

राष्ट्रिय टोलीको समिकरण हेर्दा नेपालले अहिले आफ्नो बेन्च स्ट्रेन्थ बलियो बनाउन खेलाडी छनोट गरिरहेको छ । केही खेलाडी लयमा नरहेपनि विश्वकप छनोटको यात्रा र विगतमा गरेको प्रदर्शनका आधारमा टोलीमा पर्ने पक्का छ । अझ विशेषत: नेपालको मुख्य प्लेइङ-११ मा रहेका खेलाडी बाहिरिने सम्भावना छैन ।

ओपनरमा आसिफ शेखकुशल भुर्तेल नै विश्वकप खेल्नेछन् । हाल यी दुवैबाट रन ननिस्केको अवस्था भएपनि विकल्पमा रहेका ओपनरले पनि खास प्रदर्शन गरेका छैनन् । ठूलो खेलमा प्रदर्शन गर्न सक्ने भएकाले यी दुई नै विश्वकप खेल्ने देखिन्छ ।

मध्यक्रममा कप्तान रोहित पौडेलसँगै कुशल मल्ल, सन्दीप जोरा, गुलशन झादीपेन्द्रसिंह ऐरी नै टोलीमा रहनेछन् । ब्याटिङ क्रममा यी ५ खेलाडी एक आपसमा स्थान परिवर्तन गर्न सक्ने खुवीका कारण पनि मध्यक्रम बलियो बनेको छ । पार्ट टाइम बलिङमा पनि कुशल मल्ल र गुलशनले दिने योगदान तथा बायाँ हाते हुनुको फाइदा छ । अन्य ३ नेपाली मध्यक्रमका मुख्य खेलाडी नै हुन् ।

करण केसीसोमपाल कामी नेपालको लागि स्ट्राइक बलर नै हुन् । यी दुईले बलिङमा आफ्नो अनुभवका साथै ब्याटिङमा पनि आवश्यक पर्दा योगदान दिन सक्छन् । अभिनाश बोहोरा नेपालको लागि डेथ ओभरक विशेष बलर हुन् । उनको अनुपस्थितिमा टिममा पर्ने अवसर देखिएको हुँदा उनले नै विश्वकपमा आफ्नो भूमिका निर्वाह गर्नेछन् । ललित राजवंशी टोलीका मुख्य स्पिनरको रुपमा रहनेछन् ।

प्रतिश जिसी टोलीमा बायाँ हाते पेसरको रुपमा विकल्पमा छन् । टोलीका कुनैपनि पेस बलरको विकल्पमा उनलाई राख्न सकिन्छ । त्यसो त यस विकल्पमा कमल सिंह ऐरीआकाश चन्द पनि छन् । तर प्रतिश बायाँ हाते भएकाले प्राथमिकतामा परेका छन् । टोलीमा प्रतिश पर्ने पक्का देखिँदा अर्को बलर आवश्यक पर्दा कमल वा आकाश पर्न सक्छन् ।

नेपालले वैकल्पिकमा एक मात्र पेस बलर लग्ने निर्णय गरेको अवस्थामा भने सागर ढकाल टोलीमा आउन सक्छन । बायाँ हाते स्पिनरले वेस्ट इन्डिज ए विरुद्ध राम्रो प्रभाव जमाएका छन् । सँगसँगै उनको विगतको प्रदर्शन पनि राम्रो नै छ । टोलीको रणनीति अनुसार स्पिनर आवश्यक परे उनी विश्वकप जाने देखिन्छ ।

विकेटकिपर ब्याटरको एक स्थानका लागि ३ खेलाडीको प्रतिस्पर्धा छ । अनिल शाहसँगै विनोद भण्डारी लोकेश बम यो स्थानका लागि प्रतिस्पर्धामा छन् । वैकल्पिक ओपनर र विकेटकिपर रहेका तीन खेलाडीमध्य अनिल टोलीमा नियमित रहेका छन् । लोकेशले नेपाल ‘ए’ बाट आयरल्यान्ड वल्भ्सविरुद्ध र वेस्ट इन्डिज ‘ए’ विरुद्ध आक्रामक ब्याटिङ गरे । विनोद भने लयबाहिर रहेपनि विगतको प्रदर्शन र अनुभवका कारण २० खेलाडीमा छन् । उनले तेस्रो टि२० मा के प्रदर्शन गर्छन् त्यसले यो स्थानको निर्धारण गर्नेछ । हाललाई अनिल र लोकेश अग्रस्थानमा छन् ।

मध्यक्रममा फिनिसरको विकल्पमा विवेक यादवले सोचेजस्तो प्रदर्शन गर्न नसक्दा आरिफ शेख विकल्पको रुपमा आएका छन् । तर आरिफ आफैंले पनि वेस्ट इन्डिज ‘ए’ विरुद्ध रन बनाउन सकेनन् । दुवै खेलाडीले प्रभाव जमाउन नसकेको अवस्थामा विकेटकिपर अनिल र लोकेश दुवैलाई समेट्ने विकल्प पनि टोलीले सोच्न सक्छ । टोलीले कुन पक्षमा बढी ध्यान दिन्छ, त्यो अनुसार १५ खेलाडी छनोट हुने देखिन्छ ।

हालसम्म देखिएको सम्भावित विश्वकप १५:

कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल (कप्तान), कुशल मल्ल, सन्दीप जोरा, गुलशन झा, दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी, करण केसी, अभिनाश बोहोरा, ललित राजवंशी, प्रतिश जिसी, अनिल शाह, कमल सिंह ऐरी, लोकेश बम

December 5, 2025

लुम्बिनी प्ले अफमा, जनकपुर बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]

December 5, 2025

लुम्बिनीलाई सहज चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]

December 5, 2025

जनकपुरले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]

Success

Thank you for your time.