default_image

2 years ago

May 1, 2024

वेस्ट इन्डिज ‘ए’ लाई श्रृंखलामा अग्रता 

1556 views

0 Bookmark

काठमाडौँ (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ‘ए’ ले नेपालविरुद्ध जारी टि २० सिरिजको तेस्रो खेलमा जित निकाल्दै श्रृंखलामा अग्रता लिएको छ । पहिलो खेलमा हार बेहोरेको पाहुना टोलीले लगातार दुई खेल जित्दै पाँच खेलको श्रृंखलामा २-१ को अग्रता लिएको हो ।

बुधवार भएको तेस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ले नेपाललाई ७६ रनले पराजित गर्यो । वेस्ट इन्डिजले दिएको २२८ रनको विशाल लक्ष्य पछ्याएको नेपाल १९.२ ओभरमा १५१ रनमा समेटियो । 

नेपालका लागि तल्लोक्रमका ब्याटर करण केसी र ओपनर लोकेश बमले समान २८-२८ रन बनाए । करणले १७ बल खेल्दै २८ रन बनाए भने लोकेशले २९ बल खेले । यस्तै कुशल मल्लले २० तथा बिनोद भण्डारीले १९ रन जोडे । 

चौथो ओभरको अन्तिम बलमा नेपालले पहिलो विकेट गुमायो । राम्रो सुरुवात गरेका बिनोद भण्डारी १५ बलमा ४ चौका सहित १९ रन बनाएर फेबियन एलेनको शिकार हुँदै हेडन वाल्शद्वारा क्याच आउट भए । अनिल शाह पनि १० बलमा १४ रन मात्र बनाएर सातौं ओभरमा गुडाकेश मोतीको बलमा रोस्टन चेजद्वारा क्याच आउट भए । 

चौथो नम्बरमा क्रिजमा पुगेका आरिफ शेखले ३ रन मात्र बनाएर वाल्शको शिकार बने । ओपनर लोकेश बमलाई मोतीले ११औ ओभरमा बोल्ड गरे । उनले २९ बल खेल्दै १ चौका र २ छक्का प्रहार गर्दै २८ रन बनाएर पेभेलियन फर्किए ।    

कुशल मल्लले पनि राम्रो सुरुवातलाई ठुलो स्कोरमा परिणत गर्न सकेनन् । ११ बलमा २ चौका र १ छक्का प्रहार गरेका कुशल १३औ ओभरमा २० रन बनाएर वाल्शको बलमा लङ-अनमा समातिन पुगे । विवेक यादवले पनि १४औ ओभरमा रनआउट हुनुअघि ३ रन मात्र बनाउन सके । 

१५औ ओभरको दोस्रो बलमा गुलशन झा ६ रन वनाएर वाल्शद्वारा कट एण्ड बोल्ड आउट भए । आज कप्तानी गरिरहेका दीपेन्द्र पनि ७ रन मात्र बनाएर रनआउट भए । कमल सिंह ऐरीले ४ बलमा ६ रन जोडे । २०औ ओभरको दोस्रो बलमा करण आउट भएसँगै नेपाल समेटिन पुग्यो । सागर ढकाल ३ रनमा अविजित रहे ।  

वेस्ट इन्डिजका हेडन वाल्शले ४ ओभरमा २८ रन दिएर ३ विकेट लिए ।  गुडाकेश मोतीले पनि समान ४ ओभरमा २८ रन नै खर्चिंदै २ विकेट लिए । म्याथ्यु फोर्ड, ओबेद मक्कोय र फेबियन एलेनले १-१ विकेट लिए ।   

त्यसअघि टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २२७ रन बनायो ।

चार्ल्सले अविजित रहँदै ६१ बलमा १३ चौका र ७ छक्का प्रहार गर्दै ११९ रन बनाए । १७औ ओभरको पाचौँ बलमा एक रन लिँदै उनले शतक पुरा गरेका थिए । दोस्रो विकेटका लागि उनले आन्द्रे फ्लेचरसँग मिलेर १४५ रनको विशाल साझेदारी समेत गरेका थिए । 

ओपनर एलिक अथान्जेको विकेट सस्तैमा लिएको नेपालले दोस्रो विकेटका लागि भने धेरै समय कुर्नु पर्यो । चौथो ओभरको पहिलो बलमा नेपालले पहिलो सफलता पाएको थियो । एक रन लिने क्रममा जोनसन चार्ल्सले नन-स्ट्राइकर एन्डमा फर्काइदिएपछि अथान्जे १० बलमा १७ रन बनाएर रनआउट भए । तर त्यसपछि चार्ल्स र आन्द्रे फ्लेचर मिलेर विशाल साझेदारी गरेसँगै वेस्ट इन्डिज विशाल योगफल तर्फ अग्रसर भएको थियो ।

सो साझेदारी १६औ ओभरमा सागर ढकालले फ्लेचरको विकेट लिएर तोडेका थिए । फ्लेचर ३३ बलमा ४ चौका र ३ छक्का सहित ५३ रन बनाएर दीपेन्द्र सिंह ऐरीद्वारा लङ-अनमा क्याच आउट भएका थिए ।   

चौथो नम्बरमा क्रिजमा पुगेका फाबिएन एलेन ९ बलमा २ चौका र १ छक्का प्रहार गर्दै १९ रन बनाएर करण केसीको बलमा दीपेन्द्रद्वारा नै क्याच आउट भए । किमो पल ७ बलमा १३ रन बनाएर नटआउट रहे । 

नेपालका लागि करण केसी र सागर ढकालले एक-एक विकेट लिए । नेपालले ६ वटा बलरको प्रयोग गरेको थियो । गुलशन झाले ४ ओभरमा २४ रन दिनुबाहेक अन्य बलर महँगो सावित  हुन पुगे । करणले ४ ओभरमा ५४ रन खर्चिए भने कमल सिंह ऐरीले ४ ओभरनै बलिङ गर्दै ५३ रन दिए ।  यस्तै सागर ढकालले ४ ओभरमा ४१ रन दिए । विवेक यादव र कुशल मल्लले समान दुई-दुई ओभरमा क्रमस: २८ र २६ रन खर्चिए ।      

शृंखलाको चौथो खेल भोलि हुनेछ भने अन्तिम खेल आउँदो शनिवार हुनेछ । शृंखलाको समाप्ति लगत्तै नेपाली टोली विश्वकपका लागि वेस्ट इन्डिज प्रस्थान गर्नेछ ।   

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.