2 years ago
May 6, 2024
एजेन्सी – कोलकाता नाइट राइडर्स आइतबार लखनउ सुपर जाइन्ट्सलाई ९८ ले हराउँदै इन्डियन प्रिमियर लिग (आइपिएल) को शीर्ष स्थानमा उक्लिएको छ।
कोलकाताको ११ खेलबाट १६ अंक पुगेको छ। समान अंकसहित दोस्रो स्थानमा रहेको राजस्थान रोयल्सले एक खेल कम खेलेको छ। लखनउ १२ अंकका साथ पाँचौं स्थानमा छ।
२ सय ३६ रनको लक्ष्य पछ्याएको लखनउलाई १६.१ ओभरमै अल आउट हुँदै १ सय ३७ रनमा समेटियो।
मार्कस स्टोइन्सले ३६ रन र कप्तान केएल राहुलले २५ रनमात्रै बनाए। आयुष बदोनीले १५ रनमा, निकोलश पुरनले १० रनमा र एस्टोन टर्नरले१६ रन बनाए । अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्।
कोलकाताका हर्षित राणा र वरूण चक्रवर्तीले समान ३, आन्द्रे रसेलले २ तथा मिचेल स्टार्क र सुनिल नारिनले १/१ विकेट लिए।
पहिले ब्याटिङ गरेको कोलकाताले ६ विकेट गुमाएर २ सय ३५ रन बनाएको थियो। सुनिल नारिनले सर्वाधिक ८१ रन बनाए। उनले ३९ बलमा ६ चौका र ७ छक्का प्रहार गरे।
फिल सल्टले १४ बलमा ५ चौका र १ छक्कासहित ३२ रन जोडे। अंकुश रघुवंशीले ३२ , रमनदीप सिंहले २५ रन, श्रीयश ऐयरले २३ ,आन्द्रे रशेलले १२ र रिंकु सिंहले १६ रन जोडे।
लखनउका नवीन उल हकले ३ , यश ठाकुर, रवी बिस्नोई र युधविर सिंहले १/१ विकेट लिए। आइपिएलमा सोमबार मुम्बई इन्डियन्स र सनराइर्जस हैदरावादबीच प्रतिस्पर्धा हुनेछ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]