5 months ago
May 6, 2024
काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी टि२० विश्वकप २०२४ खेल्नका लागि नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली अमेरिका पुगेको छ ।
विश्वकपको तयारीका लागि नेपाली टोली एक महिनाअगावै अमेरिका प्रस्थान गरेको हो । नेपालबाट प्रस्थान गर्ने विमानमा बिजनेस क्लास टिकट अभाव भएपछि दुई समूहमा टोली नेपालबाट प्रस्थान गरेको थियो । शनिबार राती प्रस्थान गरेको पहिलो समूह फ्लोरिडा पुगिसकेको छ । यस्तै दोस्रो समूह आइतबार दिउँसो त्यसतर्फ प्रस्थान गरेको हो ।
नेपालले फ्लोरिडामा केही दिन प्रशिक्षण गरेर वेस्ट इन्डिजको सेन्ट भिन्सेन्टमा जानेछ । त्यहाँ गएर विश्वकप नै हुने मैदानमा नेपालले प्रशिक्षण र अभ्यास खेल खेल्नेछ । त्यसपछि टोली अन्तिम तयारीका लागि टेक्सासको ह्युस्टन आउने तयारी छ । नेपालले विश्वकपअघि अन्तिम वार्म अप खेल भने डालासमै खेल्नेछ । टोलीको यात्राको यकिन मिति भने केहि दिनमा सार्वजनिक हुनेछ ।
नेपालले विश्वकपका लागि यसअघि नै १५ सदस्यीय अन्तिम टोली घोषणा गरिसकेको छ । त्यस्तै टोलीमा ४ वैकल्पिक खेलाडी पनि रहेका छन् । वैकल्पिक खेलाडी भने हाल टोलीसँग जाने छैनन् ।
अन्तिम टोली :
रोहित कुमार पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल, आसिफ शेख, अनिल शाह ,सन्दीप जोरा, कुशल मल्ल ,गुलशन झा, सोमपाल कामी ,करण केसी, अभिनाश बोहोरा , कमल सिंह ऐरी, प्रतिश जिसी ,ललित नारायण राजवंशी, सागर ढकाल
वैकल्पिक खेलाडी: विवेक यादव, विनोद भण्डारी, आकाश चन्द, लोकेश बम
अफिसियल:
मोन्टि देशाइ (मुख्य प्रशिक्षक), वसन्त शाही (सहायक प्रशिक्षक), नन्दन फाद्निस (क्रिकेट कन्सल्टटेन्ट), रड इस्टविक (बलिङ कन्सल्टेन्ट), रमण शिवाकोटी (एनालिस्ट), विक्रम न्यौपाने (फिजियो), अब्दुल सतार (स्ट्रेन्थ एण्ड कन्डिसन), प्रदिप मजगैया (व्यवस्थापक)
September 19, 2024
काठमाडौं(हाम्रो खेलकुद) – गुलशन झाको अलराउन्ड प्रदर्शनको बाबजुत नेपाल आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा ओमानसँग पराजित भएको छ । क्यानडाको किङ्ग सिटीमा बिहीवार बिहान सम्पन्न खेलमा नेपालमाथि ओमानले १ विकेटको जित हात पारेको हो । मंगलबार भएको पहिलो ओडिआईमा पनि नेपाल घरेलु टोलीसँग पराजित भएको थियो । नेपालले दिएको २ सय २१ रनको लक्ष्य […]
September 19, 2024
काठमाडौं(हाम्रो खेलकुद) – आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा नेपालविरुद्ध ब्याटिङ गरिरहेको ओमानको आधा टिम पेभिलियन फर्किएको छ । ओमानका लागि पाँचौ विकेटका रुपमा प्रतिक अथाभाले आउट भएसँगै आधा टिम पेभिलियन फर्किएको हो । अथाभाले करण केसीको बलमा आउट भएका हुन् । उनले ३६ बलमा २६ रन बनाएका थिए । त्यसअघि चौथो विकेटका रुपमा आयान […]
September 19, 2024
काठमाडौं(हाम्रो खेलकुद) – आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा ओमानविरुद्ध नेपालले तेस्रो विकेट लिएको छ । ओमानका कप्तान अकिब इल्यासलाई गुमाएको हो २५औं ओभरको तेस्रो बलमा इल्यास गुलसन झाको बलमा करण केसीबाट समातिएका हुन् । इल्यास ३३ बलमा २९ रन बनाउदै आउट भएका हुन् । त्यसअघि ओमानका ओपनर कश्यप प्रजापतीलाई आरिफ शेखले भाई आसिफ शेखको […]