default_image

2 years ago

May 7, 2024

सूर्यकुमारको शतकसहित मुम्बईको सहज जित

3643 views

0 Bookmark

एजेन्सी – सूर्यकुमार यादवको शतकको मद्दतमा मुम्बई इण्डियन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा सोमबार सनराइजर्स हैदराबाद माथि सहज जित दर्ता गरेको छ । मुम्बईले हैदराबादलाई ७ विकेटले हराएको हो ।

हैदराबादले दिएको १ सय ७४ रनको लक्ष्य मुम्बईले १७.२ ओभरमै ३ विकेट मात्र गुमाएर भेट्टायो । मुम्बईका सूर्यकुमारले ५१ बलमा १२ चौका र ६ छक्का सहित १ सय २ रनको अविजित इनिङ खेले । सूर्यकुमारले अन्तिम बलमा छक्का प्रहार गरेेसँगै टोलीको जित निश्चित भएको थियो ।

उनलाई तिलक वर्माले अर्कोतर्फ साथ दिएका थिए । तिलकले ३२ बलमा ६ चौका प्रहार गर्दै ३७ रन बनाए । ३१-३ को अवस्थाबाट यी दुई ब्याटरले मुम्बईलाई जित तर्फ डोहोर्याएका थिए ।

हैदराबादका लागि भुवनेश्वर कुमार, मार्को यानसन र प्याट कमिन्सले समान १ विकेट लिए ।

त्यसअघि मुम्बईमा टस हारेर पहिले ब्याटिङका लागि निम्त्याइएको हैदराबादले २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ७३ रन जोड्यो । हैदराबादका लागि ट्राभिस हेडले ३० बलमा ७ चौका र १ छक्का सहित ४८ रन जोडे । यस्तै कमिन्सले १७ बलमा ३५ रन बनाए । नितिश रेड्डीले २० रन बनाए ।

मुम्बईका कप्तान हार्दिक पन्ड्या र पियुस चावलाले समान ३ , अंशुल कम्बोज र जस्पृत बुम्राहले समान १ विकेट लिए ।

जित पछि मुम्बई १२ खेलमा ८ अंक सहित नवौं स्थानमा छ । पराजित हैदराबाद ११ खेलमा १२ अंक सहित चौथो छ ।

आइपिएलमा मंगलबार दिल्ली क्यापिटल्स र राजस्थान रोयल्स भिड्ने छन् ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.